एजेन्सी । इटालियन सिरी ए फुटबलमा नापोली पराजित भएको छ ।
शनिबार राति भएको खेलमा नापोली घरेलु मैदानमा फियोरेन्टिनासँग २-० गोल अन्तरले पराजित भएको हो ।
फियोरेन्टिनालाई जित दिलाउन फेड्रीको चिसा र डुसान भ्लाहोभिकले एक एक गोल गरे ।
खेलको २६ औं मिनेटमा फेड्रीकोले गोल गर्दै फियोरेन्टिनालाई अग्रता दिलाए । ७४ औं मिनेटमा डुसानले गोल गरेपछिफियोरेन्टिना २-० ले विजयी भयो ।
हारसँगै नापोलीले २० खेलमा २४ अंक जोडेको छ । नापोली लिगको १३ औं स्थानमा रहेको छ ।
फियोरेन्टिना २४ अंक जोडेर ११ औं स्थानमा उक्लिएको छ ।