एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आर्सनलले बराबरी खेलेको छ ।
शनिबार राति भएको खेलमा आर्सनलले सेफिल्ड युनाइटेडसँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा सुरुवाती अग्रता जोगाउन नसक्दा आर्सनलले बराबरी खेलेको हो ।
खेलको ४५ औं मिनेटमा ग्राबियल मार्टीनेलीको गोलबाट आर्सनलले अग्रता बनाएको थियो । तर, खेलको ८३ औं मिनेटमा जोन फ्लिकले गोल गर्दै सेफिल्डलाई हारबाट जोगाए ।
बराबरीसँगै आर्सनलले २३ खेलमा २९ अंक जोडेको छ । आर्सनल लिगको दशौँ स्थानमा रहेको छ ।
सेफिल्ड ३३ अंक जोडेर सातौं स्थानमा रहेको छ ।
प्रिमियर लिग अन्तर्गत नै नर्विचले बर्नेमाउथलाई १-० ले हराएको छ । यस्तै वुल्भ्सले साउथह्याम्पटनलाई ३-२ ले हराएको छ ।
वेष्ट ह्याम र एभर्टनले १-१ गोलको बराबरी खेल्दा ब्राइटन र एस्टन भिल्लाले १-१ गोलको बराबरी खेलेको छ ।