• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
मादीमा महिला फुटबलको प्रभाव !
हेम राज हमाल
शुक्रबार, माघ ३, २०७६ हेम राज हमाल
मादीमा महिला फुटबलको प्रभाव !

संखुवासभा । तेह्रथुमकी एनिन लिम्बुले फुटबल खेल्न थालेको ५ बर्ष जति भयो ।

उनीसंगै घर वरपरका साथीहरु जम्मा हुन्छन् । र स्थानीय क्षेत्रमा हुने साना–साना प्रतियोगिता खेल्न पुग्छन् ।

रमाईलोका लागि खेल्ने उनको फुटबल जीवनले विस्तारै कोल्टे फेर्दैछ ।

उनी जिल्ला स्तरमा हुने प्रतियोगितामा नियमित खेल्न थालेकी छिन् ।

उनले खेल्ने प्रतियोगिताको स्तरमात्र बढेको छैन । विस्तारै उनको सपनाले पनि पङ्ख हाल्न थालेका छन् ।

उनी अहिले तेह्रथुमको म्याग्लुङ नगरपालिकाको प्रतिनिधित्व गर्दै संखुवासभाको मादीमा सञ्चालित नगर स्तरीय आमन्त्रित गोल्डकप खेल्दैछिन् ।

कप्तानको भुमिकामा आफ्नो टोलीलाई फाईनल पुर्याउँदा पनि उनको मुहारमा चमक भने देखिदैन ।

यसको एकमात्र कारण हो, यस क्षेत्रमा महिला फुटबललाई गरिएको उपेक्षा ।

पुर्वको पहाडी क्षेत्र म्याग्लुङमा फुटबल खेल्न वातावरण छैन । त्यसमा महिला बढी प्रताडित छन् ।

चाहेको समय अभ्यास गर्न पाउदैनन् । सहभागि हुने अवसर पनि कमै मिल्छ ।

सबैभन्दा ठुलो समस्या घरपरिबारबाट हुने असहयोग हो ।

अभ्यास गर्न पाइँदैन । खेल्नका लागि बाहिर हिड्न पाईदैन । एनिन भन्छिन्, ‘कसरी खेल्ने ? के खेल्ने ? प्रशिक्षक छैनन् । सबै आफ्नै भरको कुरा हो ।’

‘घरबाट खेल्न हिँड्दा सधै गाली खानपर्छ । फर्किए पछि फेरी गाली सुरु हुन्छ ।’ एनिन भन्छिन् ।

जितेपछि भने छिमेकीहरु प्रशंसा गर्छन् ।

त्यही प्रशंसाका लागि एनिन फुटबलमा जित्न चाहन्छिन् ।

लाग्छ, फुटबल साधन मात्र हो ।

असमानता र अभावको साध्यलाई उनी खेलेरै पार गर्न चाहन्छिन् ।

एनिनसँग धेरै जिल्ला स्तरीय प्रतियोगिताको उपाधि जितेको अनुभव छ ।

जिल्ला हुँदै राष्ट्रिय स्तरका प्रतियोगिता खेल्ने उनको धोको छ ।

नगर स्तरीय प्रतियोगितालाई उनी केही सिक्ने र क्षमता देखाउने ठाउँको रुपमा लिन्छिन् ।

एनिन जस्तै धेरै खेलाडीका लागि राष्ट्रिय स्तरमा उक्लिने भर्याङ बन्न सक्छ, मादीको नगर स्तरिय फुटबल प्रतियोगिता ।

मादी नगर खेलकुद विकाश समितिका संयोजक नरेश जिमी मोफसलमा कमै मात्र हुने महिला फुटबलाई प्राथमिकतामा राख्दै नगरले पहिलो प्रयास स्वरुप फुटबल आयोजना गरेको हो ।

उनका अनुसार मोफसलमा निकै कम रहेको महिला फुटबललाई टेवा पुर्याउने उद्धेश्यले नगरले प्रतियोगिताको आयोजना र सञ्चालन गरेको हो ।

नगरपालीकाका प्रमुख विदुर सुब्बा पनि विकट क्षेत्रमा रहेका खेलाडीलाई राष्ट्रिय स्तरमा परिचित गराउने उद्धेश्यले प्रतियोगिता आयोजना गरिएको बताउँछन् ।

‘दुरदराजमा रहेका खेलाडीले अवसर पाउँदैनन् । त्यस्ता प्रतिभालाई बाहिर निकाल्न समेत प्रतियोगिताले सहयोग पुग्छ भन्ने विश्वास लिएका छौ ।’ उनले भने ।

स्थानीय टंक दाहालका अनुसार स्थानिय क्षेत्रका महिलालाई घर बाहिर निस्कनै कठिन छ । स्थानीय र नगर स्तरमा हुने प्रतियोगिता महिलालाई घर बाहिर निस्कन मात्र नभएर सामाजिक अभियानमा सरिक हुन सहयोग मिल्ने उनी बताउँछन् ।

‘पिछडिएको ठाउँ भएको कारणले गर्दा यस्ता प्रतियोगिताले महिलालाई घर बाहिर अतिरिक्त क्रियाकलापमा सहभागी हुन अवसर दिन्छ ।’ यूवा तथा खेलकुद उपसमितिको सदस्य नवराज कडुवाल भन्छन्, ‘साथै गोल्डकपले नगरपालिकाको फुटबल विकासमा महत्वपुर्ण कोशे ढुंगा सावित हुन्छ भन्ने विश्वास लिन सकिन्छ ।’

माघ २ गतेदेखि सञ्चालित प्रतियोगितामा पूर्वाञ्चलका ६ टोली सहभागी छन् । प्रतियोगितामा धर्मदेबी, चैनपुर, खाँदबारी, तेह्रथुम (म्याग्लुग नगरपालीका र फेदाप नगरपालीका र आयोजक मादी नगरपालीकाले भाग लिएका थिए ।

प्रतियोगिता अन्तर्गत भोली तेह्रथुमको म्यागलुग र धर्मदेबीबीच पहिलो सेमिफाईनल खेल हुनेछ ।

खाँदबारी र फेदाप दोस्रो सेमिफाईनलमा भिड्नेछन् ।

प्रतियोगिताको बिजेताले १ लाख रुपैयाँ र उपबिजेताले ७० हजार रुपैयाँ प्राप्त गर्नेछ । यस्तै ट्रफी, मेडल र प्रमाणपत्रको पनि व्यवस्था गरिएको छ ।

मादी नगर खेलकुद विकाश समितिका संयोजक जिमीका अनुसार प्रतियोगिता आयोजनाका लागि निकै समस्या छन् ।

‘खर्चको अभावमा तयारी सानो भयो ।’ उनले भने, ‘सुरुवात राम्रो भएको छ । थप व्यवस्थित गर्दै अघि बढ्ने हो ।’

खर्च अभावका कारण थोरै टिम सहभागि बनाएको बताउँदै उनले चाँडै पूर्वाञ्चलकै स्तरीय गोल्डकपमा आफूहरु जुट्ने उल्लेख गरे ।

नगर स्तरीय फुटबलको चर्चा सिमित छ । सानो प्रतियोगिताको प्रचार ठुलो छैन । तर प्रतियोगिताले महिला खेलाडीमा भने ठुलो उत्साह थपेको छ ।

 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
रौनकको शतक, भुटानलाई ३५९ रनको लक्ष्य
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP