काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग अन्तर्गत आज (शुक्रबार) हुने मछिन्द्र फुटबल क्लब र हिमालयन शेर्पा क्लबबीचको खेल एन्फा कम्प्लेक्स सातदोबाटो हुने भएको छ ।
अखिल नेपाल फुटबल संघ (एन्फा) ले मौषमको कारण मछिन्द्र र शेर्पाबीचको खेल एन्फामा सारिएको जनाएको छ । बिहिबारबाट निरन्तर परिरहेको वर्षाको कारण दशरथ रंगशालामा खेल्न नमिल्ने भएपछि एन्फाले खेल सारेको हो ।
लिग लिडर मछिन्द्र र शेर्पाबीचको खेल दिउँसो ३ बजे सुरु हुनेछ ।
मछिन्द्र क्लब शेर्पा क्लबलाई हराउँदै शीर्ष स्थानको अग्रतालाई कायम राख्ने योजनामा हुनेछ ।
शेर्पाले समेत रेलिगेशनबाट जोगिन मछिन्द्रविरुद्व अप्रत्यासित नतिजा निकाल्ने कोशिश गर्नेछ ।
लिगको एकमात्र अपराजित टिम मछिन्द्रले ६ खेलको समाप्तिमा १३ अंक जोडेको छ । उसले ४ जित र २ बराबरी खेलेको छ ।
शेर्पा ४ बराबरी र २ हार सहित ४ अंक जोडेर पुछारदेखि दोस्रोमा छ ।