काठमाडौं । नेपाली राष्ट्रिय फुटबल टिममा मिडफिल्डर रोहित चन्द बिहिबार अष्ट्रेलिया प्रस्थान गरेका छन् ।
अष्ट्रेलियाको सिड्नीमा आयोजना हुने छैटौं एक्पर्ट एजुकेसनल कप फुटबल प्रतियोगिताका लागि रोहित त्यसतर्फ प्रस्थान गरेका हुन् ।
प्रतियोगिता आयोजक तामाङ रिक्रिएन क्लबले प्रतियोगिताको प्रमुख अतिथिको रुपमा निमन्त्रणा गरेपछि रोहित सिड्नी गएका हुन् ।
प्रतियोगिता जनवरी १९ मा हुनेछ । प्रिन्स पार्कमा आयोजना हुने प्रतियोगितामा २० टोलीको सहभागिता रहने छ ।
रोहित सिड्नीबाट इन्डोनेसिया जानेछन् । इन्डोनेसियाको शीर्ष डिभिजन लिग जकार्ता पर्सिजाबाट खेलिरहेका रोहित क्लबसँगको नयाँ सम्झौताबारे छलफल गर्न त्यसतर्फ जाने छन् ।

