एजेन्सी । लिभरपुलमा डिफेन्सिभ मिडफिल्डर फाबिन्होले फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पेलाई लिभरपुल आउँन आग्रह गरेका छन् ।
ब्राजिलियन फाबिन्होले फ्रान्सेली फरवार्ड तथा पूर्व सहकर्मी एमबाप्पे उत्कृष्ट खेलाडी रहेको र उनलाई आफुले लिभरपुलमा खेलेको हेर्न चाहेको बताएका हुन् ।
'म उनलाई लिभरपुलमा स्वागत गर्न चाहन्छु,' टेलीफुटसँग कुरा गर्दै फाबिन्होले भनेका छन् ।
फाबिन्हो र एमबाप्पेले फ्रेन्च क्लब मोनाकोबाट सँगै खेलेका थिए । दुवैले सन् २०१७-१८ को सिजन मोनाकोबाट लिग वान उपाधि जितेका थिए । त्यसपछि फाबिन्हो लिभरपुल र एमबाप्पे पीएसजी आएका थिए ।
यस्तै फाबिन्होले एमबाप्पेले बालोन डी'ओर उपाधि जित्ने समेत बताए । 'एमबाप्पेले नेयमार भन्दा अघि बालोन डी'ओर जित्ने छन्,' उनले थपे।
एमबाप्पेले यस सिजन पीएसजीका लागि १८ गोल गरिसकेका छन् ।