• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
स्वरुप फेर्दै ईटहरी रंगशाला
रेवन दाहाल
बुधबार, माघ १, २०७६ रेवन दाहाल
स्वरुप फेर्दै ईटहरी रंगशाला

ईटहरी । स्थानीय बासिन्दाको लामो प्रयासले इटहरी रंगशालाले नयाँ स्वरुप पाउने भएको छ । आगामी फागुनको अन्तिमसम्म रंगशालालाई नयाँ स्वरुपमा तयार गर्न रंगशाला पुर्ननिर्माणको काम भईरहेको छ ।

रंगशालाले नयाँ स्वरुप पाएसंगै ईटहरी रंगशालालाई प्रदेशकै मुख्य रंगशालाको रुपमा चिनाउने स्थानीयको सपनाले मुर्तरुप लिनेछ ।

प्रदेश नम्बर एकको स्पोर्टस् सिटीको रुपमा चिनिएको ईटहरीमा रहेको क्षेत्रीय रंगशालाई संरक्षण र व्यवस्थित बनाउन नसक्दा रंगशालाको अवस्था जिर्ण बनेको थियो ।

रंगशाला बिस्तारको काम सूस्त गतिमा अघि बढ्ने र निर्माणका लागि थोरै रकम किस्ता अनुसार आउँदा योजना अनुसार काम अघि बढ्न सकेको थिएन ।

तर,अहिले फागुनको अन्तिम सातासम्म रंगशालालाई नयाँ स्वरुप दिने उदेश्यले धमाधम काम भईरहेको छ ।

राष्ट्रिय खेलकुद परिषद (राखेप)ले रंगशाला निर्माणका लागि १८ करोड रुपैयाँ बजेट बिनियोजन गरेपछि निर्माणको कामले तिब्रता पाएको हो ।

चैतमा हुने ईटहरी गोल्डकप अघिनै मैदान निर्माणको काम सक्ने तयारी छ ।

‘चैत्रमा हुने गोल्डकप अघिनै मैदानले नयाँ स्वरुप पाउनेछ’ सुनसरी जिल्ला फुटबल संघका अध्यक्ष केशव कार्कीले खेलपाटीसँग भने ।

जिल्ला खेलकुद संघ र जिल्ला फुटबल संघको समन्वयमा ईटहरीस्थित क्षेत्रीय रंशालाको विस्तारको काम अघि बढेको छ ।

रंगशालालाई विस्तार गरेर मोफसलकै आकर्षक रंगशाला बनाउने योजना रहेको कार्कीले बताए ।

रंगशालामा आधुनिक प्यारापिट, भिआईपी प्यारापिट, चेन्जिङ रुम र शौचालय निर्माण हुने क्रममा छ । निर्माणको काम चैत्रको पहिलो साता सुरु हुने इटहरी गोल्डकप अगाडीनै सम्पन्न गर्ने कार्यतालिका छ ।

नेपालगञ्ज र पोखरा रंगशालामा जडान गरिएको प्यारापिट जस्तै रेडिमेट प्यारापिट ईटहरी रंगशालामा जडान गर्ने तयारी गरिएकाे छ ।

आधुनिक किसिमको रंगशाला पहिलो पटक प्रदेश नम्बर एकमा निर्माण हुन लागेको अध्यक्ष कार्की बताउँछन् ।

कार्कीका अनुसार रंगशालालाई आकर्षक बनाउने उदेश्यले सुरुवातमा जग बसाउने र विस्तारै निर्माणको थालनी गरिएको हो ।

रंगशाला निर्माणका लागि अवश्यक सामाग्री भारतको कलकत्ताबाट आयात गरिएको छ ।

निर्माणधिन रंगशालामा अहिले फलाम हाल्ने काम अन्तिम चरणमा पुगेको छ । लगत्तै शौचालय र चेन्जिङ रुपमा आधार निर्माण गरि प्यारापिट जडानको काम सुरु हुनेछ ।

नयाँ प्यारापिट निर्माणसंगै रंगशालाको दर्शक क्षमता ८ हजार बढीको रहनेछ । अहिले ५ हजार दर्शक क्षमताको रंगशालामा नयाँ प्यापिट जडानपछि ३५ सय देखि ४ हजार दर्शक क्षमता बढ्नेछ ।

फागुन सम्ममा रंगशाला बिस्तारको काम सकिए चैतको पहिलो साता सुरु हुने इटहरी गोल्डकपलाई भव्य बनाउने जिल्ला फुटबल संघ सुनसरीको योजना छ ।

रंगशालामा अत्याधुनिक प्यापिट निर्माणको काम सकिएपछि घाँसे मैदानलाई पनि आकर्षक बनाउने योजना रहेको कार्कीले जानकारी दिए ।

‘घाँसे मैदानलाई पनि अघिल्लो बर्ष भन्दा धेरै फरक बनाउने योजनामा छौँ ।’ कार्कीले भने ।

उनका अनुसार झण्डै १ करोड बजेटमा मैदानलाई संरक्षण गर्न तार, जाली तथा पर्खाल लगाउने काम पनि तत्कालै अघि बढ्नेछ ।

ईटहरीलाई प्रदेशको खेलुकदको हबको रुपमा विकास गर्ने योजना सहित अघि बढेपनि फुटबल गोल्डकप जस्ता ठुला प्रतियोगितामा दर्शकलाई ब्यवस्थापन गर्न आयोजकलाई कठिन हुदै आएको छ । तर रंगशालाले नयाँ स्वरुपसंगै सबै समस्या समाधान हुने स्थानीय बताउँछन् ।

सुनसरीको इटहरीमा हुने फुटबल गोल्डकपमा दर्शकको चाप अत्याधिक हुने गरेको छ । यसअघि मदनभण्डारी गोल्डकप र इटहरी गोल्डकप गरि दुई छुट्टा–छुट्टै फुटबल प्रतियोगिता सञ्चालन हुने गरेको थियो । प्रतियोगिताका सबै खेल प्राय जनता मैदानमा हुँदै आएको थियो ।

तर, अघिल्लो वर्ष दुई गोल्डकप मर्ज भएर मदन भण्डारी (इटहरी) गोल्डकपको रुपमा सञ्चालन भईरहेको छ ।

दर्शकको चाप समेत अत्याधिक भएपछि आयोजकलाई रंगशालाको क्षमता विस्तार गर्नुपर्ने चुनौती थपिएको स्थानीय बताउँछन् ।

‘रंगशालामा केही हजार दर्शकमै सिट भरिने अबस्था छ । सोही कारण भिआईपी लगायतको आधुनिक प्यारापिटको विकल्प सोचिएको हो ।’ कार्कीले बताए ।


सर्वाधिक पुरस्कार राशीको ईटहरी गोल्डकपलाई पुरस्कार राशीसंगै स्तरीय मैदानको रुपमा चिनाउने लक्ष्य जिल्ला फुटबल संघले राखेको छ ।

इटहरी र मदन भण्डारी स्मृतिमा हुँदै आएको गोल्डकपलाई राष्ट्रिय खेलकुद परिषद् (राखेप)का तत्कालिन सदस्य सचिव केशवकुमार विष्टले मर्ज गरेर मदन भण्डारी इटहरी गोल्डकपको रुपमा सञ्चालन गर्न सहयोग गरेका थिए ।

७४ सालमा मर्ज भएको प्रतियोगिताको पहिलो उपाधि थ्रीस्टार क्लबले जितेको थियो । चिरप्रतिद्वन्दी मनाङलाई १–० गोल अन्तरले पराजित गर्दै पहिलो संस्करणको उपाधि थ्री स्टारले हात पारेको थियो ।

७५ सालमा भएको दोस्रो संस्करणको उपाधि त्रिभुवन आर्मी क्लबले जितेको थियो । फाइनलमा मनाङलाई २–० गोल अन्तरले पराजित गर्दै विभागीय टिम आर्मीले उपाधि जितेको थियो ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
प्रिमियर र क्वासन च्याम्पियन
प्रिमियर र क्वासन च्याम्पियन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
देशलाई पदक दिलाउन माहिर विजय
देशलाई पदक दिलाउन माहिर विजय
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP