एजेन्सी । इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडले गल्फ राष्ट्रको भ्रमण योजना रद्द गरेको छ ।
युनाइटेडले अर्को महिना गल्फ राष्ट्रको भ्रमण गर्ने योजना बनाएको थियो । युनाइटेडले विन्टर ब्रेकमा कतार अथवा युएईमा प्रशिक्षण गर्ने योजना बनाएको थियो ।
तर, पछिल्लो समय अमेरिका र इरानबीच चुलिएको तनावको कारण युनाइटेडको भ्रमण स्थगित भएको हो । अमेरिकी सेनाको हवाई आक्रमणमा इरानी कुद्स फोर्सका प्रमुख जनरल कासिम सोलेमानी मारिएपछि दुई देशबीच तनाव सिर्जना भएको छ ।
युनाइटेडले फेब्रुअरीमा १६ दिन लिग खेल खेल्ने छैन । फेब्रुअरी १ मा वुल्भ्ससँग खेलेपछि युनाइटेडले फेब्रुअरी १७ मा चेल्सीसँग खेल्ने छ । त्यसबीचमा युनाइटेडले गल्फ राष्ट्रको भ्रमण गर्ने योजना बनाएको थियो ।