एजेन्सी । जोर्डन हेन्डरसन र लुसी ब्रोन्ज इंग्ल्यान्डका वर्ष खेलाडी घोषित भएका छन् ।
लिभरपुलका २९ वर्षका कप्तान हेन्डरसनले रहिम स्टर्लिङ र ह्यारीलाई पछि पार्दै पुरुषतर्फको वर्ष खेलाडी घोषित भएका हुन् ।
फ्रेन्च क्लब लियोनका लागि खेल्ने ब्रोन्जले महिलातर्फको वर्ष खेलाडी घोषित भईन् ।
२८ वर्षकी ब्रोन्जले क्लबलाई सिबिलिभ्स कपको उपाधि जिताउन महत्वपुर्ण भूमिका खेलेकी थिईन् । त्यस्तै पहिलो पटक विश्वकपको सेमिफाईनलसम्म प्रेरणादायी प्रर्दशन गरेकी थिईन् ।
ब्रोन्जले ८१ क्याप खेल्दै युईएफए वुमन्स प्लेयर अफ दी ईयर समेत घोषित भएकी थिईन । यस्तै लियोनलाई चार ट्रफी जिताउन सफल भएकी थिईन् ।

हेन्डरसनले गत मार्चमा मात्र ५० क्याप पुरा गरेका थिए । उनी युरो छनोटमा ईङ्ल्याण्ड टिमका नियमित र महत्वपुर्ण सदस्य हुन् । नेसन्स लिगमा ईङ्ल्याण्डलाई तेस्रो स्थान दिलाउन हेन्डरनले सहयोग गरेका थिए ।
महिला र पुरुषतर्फका विजेताले आ आफ्नो क्लबको तर्फबाट च्याम्पियन्स लिगको उपाधि जितेका छन् ।