एजेन्सी । रोमेलु लुकाकुले खेल सुरुवात भएको २१ सेकेन्डमै गोल गरेको खेलमा ईन्टर मिलानले कोपा ईटालियामा जित निकालेको छ ।
मंगलबार राति अन्तिम १६ का लागि भएको खेलमा लुकाकुको दुई गोलको सहयोगमा ईन्टरले काग्लीयरीलाई ४–१ गोल अन्तरले हराएको हो ।
खेल सुरु भएको २१ औं सेकेन्डमा गोल गर्दै लुकाकुले ईन्टरलाई अघि बढाएका थिए ।
बोरजा वलेरोले २२ औ मिनेटमा ईन्टरको अग्रतालाई दोब्बर पारे ।
लुकाकुले ४९ औं मिनेटमा व्यक्तिगत रुपमा दोस्रो गोल गर्दै ईन्टरलाई ३–० ले अघि बढाएका थिए ।
काग्लीयरीका क्रिस्टियन ओलिभाले ७२ औ मिनेटमा एक गोल फर्काएका थिए ।
एन्ड्रिया रनोचियाले ८० औ मिनेटमा हेडमार्फत गोल गर्दै ईन्टरलाई ४–१ को शानदार जित दिलाए ।

लुकाकुले ईन्टर मिलानका लागि २५ खेलमा १८ गोल गर्न सफल भएका छन् ।
बेल्जियमका अन्तराष्ट्रिय स्टार लुकाकु ७४ मिलियन पाउण्डमा यसै सिजन म्यान्चेष्टर युनाईटेडबाट ईन्टर आएका थिए ।