एजेन्सी । फ्रेन्च क्लब पेरिस सेन्ट जर्मेन (पीएसजी) का फरवार्ड केलियन एमबाप्पे विश्वकै सर्वाधिक मूल्यवान खेलाडी बनेका छन् ।
सीआईइएस फुटबल अब्जरभेटरीले सार्वजनिक गरेको सर्वाधिक मूल्यवान खेलाडीको सूचीमा एमबाप्पे शीर्ष स्थानमा परेका हुन् ।
फ्रान्सका यूवा फरवार्ड एमबाप्पेले लिभरपुलका मोहमद सलाह र म्यानचेस्टर सिटीका रहिम स्ट्रलिङलाई पछि बनाए ।
फुटबल अब्जरभेटरीले गरेको अध्ययन अनुसार एमबाप्पेको मूल्य २६५.२ मिलियन पाउण्ड रहेको छ । यस्तै दोस्रो स्थानमा रहेका स्ट्रलिङको मूल्य २२३.७ मिलियन रहदा सलाहको मूल्य १७५.१ मिलियन पाउण्ड रहेको छ ।
यस्तै चौंथो स्थानमा रहेका बोरुसिया डर्टमण्डका जाडोन सान्चोको मूल्य १६८.९ मिलियन र पाँचौं स्थानका रहेका लिभरपुलका साडियो मानेको मूल्य १५५.६ मिलियन पाउण्ड रहेको छ ।
छैटौं स्थानका ह्यारी केनको मूल्य १५०.५ मिलियन पाउण्ड रहदा सातौं स्थानमा मार्कुस राष्फोर्डको मूल्य १३४.३ मिलियन पाउण्ड रहेको छ ।
आठौं स्थानमा रहेका बार्सिलोनाका कप्तान लियोनल मेस्सीको मूल्य १२५.५ मिलियन पाउण्ड, नवौं स्थानका एन्टोनियो ग्रीजम्यानको मूल्य १२३.६ मिलियन पाउण्ड र दशौँ स्थानको लाउटारो मार्टिनेजको मूल्य ११५.७ मिलियन रहेको छ ।
इटालियन क्लब युभेन्ट्सका पोर्चुगिज फरवार्ड क्रिस्टियानो रोनाल्डो, पीएसजीका नेयमार र युनाइटेडका पाउल पोग्बा शीर्ष १० मा अटाएका छैनन् ।