एजेन्सी । इन्ग्लिश क्लब एस्टन भिल्लाले स्पेनिस गोलरक्षक पेपे रेइनालाई अनुबन्ध गरेको छ ।
स्पेन तथा लिभरपुलका पूर्व गोलरक्षक पेपेलाई एस्टनले लोनमा इटालियन क्लब एसी मिलानबाट अनुबन्ध गरेको हो ।
एस्टनले उनलाई यस सिजनको लागि लोनमा भित्र्याएको हो ।
स्पेनबाट विश्वकप जितिसकेका ३७ वर्षे पेपेले लिभरपुलका लागि ३९४ खेल खेलेका थिए । त्यसपछि उनले जर्मन क्लब वायर्न म्युनिख र इटालियन क्लब नापोलीबाट समेत खेलेका थिए ।