काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा फ्रेन्ड्सले १-० को अग्रता बनाएको छ ।
खेलको १३ औं मिनेटमा ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका हुन् ।
विश्व अधिकारीको फ्रिकिक बलमा उनले हेड गोल गरेका थिए । वाग्नेर नेपाली लिगमा गोल गर्ने पहिलो ब्राजिलियन खेलाडी समेत बनेका छन् ।
फ्रेन्ड्सविरुद्ध पहिलो हाफमा थ्री स्टारले पनि केहि गोलको अवसर गुमाएको थियो ।