काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले थ्री स्टार क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा फ्रेन्ड्सले सुरुवाती अग्रता बनाएको छ ।
खेलको १३ औं मिनेटमा ब्राजिलियन खेलाडी वाग्नेर डी कार्मोले गोल गर्दै फ्रेन्ड्सलाई अग्रता दिलाएका हुन् । विश्व अधिकारीको फ्रिकिक बलमा उनले हेड गोल गरेका थिए ।
वाग्नेर नेपाली लिगमा गोल गर्ने पहिलो ब्राजिलियन खेलाडी समेत बनेका छन् ।