• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
मछिन्द्रलाई बेन्च खेलाडीको समस्या !
नमीन ढकाल
आइतबार, पुस २७, २०७६ नमीन ढकाल
मछिन्द्रलाई बेन्च खेलाडीको समस्या !

काठमाडौं । ए डिभिजन लिगमा आईतबार मछिन्द्र र जावलाखेल भिडे । जावलाखेलको अपराजित यात्रा टुङ्गाउँदै मछिन्द्रले १–० को जित दर्ता गयो ।

विशाल राईले निर्णायक गोल गरे । मछिन्द्र शीर्ष स्थानमा उक्लियो ।

दिनको दोस्रो खेलमा मनाङ मस्र्याङ्दी क्लब हिमालयन शेर्पासंग बराबरीमा रोकिएसंगै मछिन्द्र कम्तिमा दुई दिनका लागि लिग तालिकाको लिडर बन्यो ।

मछिन्द्र यस पटक लिग जित्ने अभियानमा छ । उसले मनाङ र थ्री स्टारका अधिकांश स्टार खेलाडी क्लबमा लिएको छ । राष्ट्रिय टिमका अधिकांश अनुहार प्लेईङ सेटमा देखिएपनि मछिन्द्रलाई बेन्च खेलाडीको समस्या देखिएको छ ।

गत मंगलबार पुर्व लिग विजेता मनाङ र मछिन्द्रले २–२ खेलको बराबरी खेले । खेल लगत्तै केही खेलाडी हातपातमा समेत उत्रिए । एन्फाले दुवै क्लबका समान ३ खेलाडीलाई लिग खेलमा प्रतिबन्ध गर्यो ।

मछिन्द्रका विजय धिमाल, देबेन्द्र तामाङ र दिपक राईले दुई खेलको प्रतिबन्ध ब्यहोरे ।

एन्फाको कारबाहीपछि लिग खेलमा मैदान उत्रिएको मछिन्द्रको प्लेयर बक्स आईतबार खाली देखिन्थ्यो ।

जावलाखेलविरुद्ध उसले बेन्चमा ४ जना मात्रै खेलाडी जम्मा पार्न सक्यो ।

लिग फुटबल भनेकै लामो समय खेल्ने प्रतियोगिता हो । जसमा खेलाडीले चोट बोक्ने, खेल्न नसक्ने धरै सम्भावना रहन्छ । लिग उपाधि जित्न बेन्च समेत बलियो हुनुपर्ने अन्तराष्ट्रिय मान्यता छ ।

तर मछिन्द्रले प्लेईङ सेटमा ठुलो रकम खर्च गरेपनि बेन्च खेलाडीमा खासै वास्ता गरेको देखिएन ।

लिग जित्न ठुला क्लबबाट स्टार खेलाडी किनेर मछिन्द्रले सुरुवातमा १८ खेलाडी सार्वजनिक गरेको थियो । एक प्रकारले मछिन्द्रले बेन्चमा धेरै खर्च गर्न चाहेको देखिएन ।

जसको मार मछिन्द्रले जावलाखेलविरुद्धको खेलमा ब्यहोर्याे ।

तीन खेलाडी कारबाहीमा परेपछि उसलाई १–० को अग्रता जोगाउन हम्मे हम्मे परेको थियो ।

सुरुवातमा प्रशिक्षक कटुवालले देबेन्द्रको अभावमा टिमलाई ३–५–२ ढाँचामा टिम उतारेका थिए ।

दोस्रो हाफमा जावलाखेलले निरन्तर दबाब बढाएपछि मिडफिल्डर विशाल राईलाई बाहिर निकाल्दै पहिलो पटक लिग खेल्दै गरेका डिफेन्डर बिमल राईलाई मैदान छिराएका थिए । त्यसपछि मछिन्द्रले ४–३–३ को फर्मेसनमा बाँकी खेल खेल्यो ।

खेलपछि मछिन्द्रका प्रशिक्षक प्रवेश कटुवालले एन्फाको कारबाहिले टिमलाई ठुलै घाटा लागेको बताए । उनले बेन्चमा खेलाडी नहुँदा समस्या परेको बताए ।

‘कारबाहीको कारण समस्या भयो । बैकल्पिक खेलाडी नहुँदा झनै गाह्रो भयो । विजय र देबन्द्रनै नहुँदा जुनियर खेलाडी मैदान छिराए ।’ उनले भने ।

उनले आफ्ना खेलाडीमाथि गरिएको कारबाहीमा एन्फासंग असन्तुष्टि जनाए । आफ्ना खेलाडीले कुनै गल्ती नगरेको उनको जिकिर थियो ।

एन्फाले लिगमा एक टिमले ४५ खेलाडीसम्म दर्ता गर्न पाउने नियम बनाएको छ ।

लिगको छैठौ चरणको खेल सकिँदासम्म पनि खेलाडी दर्ता गर्ने समय सकिएको छैन । स्टार खेलाडीलाई ठुलो रकम खर्चेको मछिन्द्रले लिगमा आवश्यक पर्ने बेन्चमा खासै लगानी गरेको देखिएन ।

जावलाखेलविरुद्ध मछिन्द्रले प्लेयर लिष्टमा ७ खेलाडीनै लेखाएको थियो । तर प्लेयर बक्समा भने जम्मा ४ खेलाडीमात्र थिए ।

एन्फाको प्लेयर बक्समा टिमका ९ खेलाडी र ७ अफिसियललाई फिल्डमा रहन दिन्छ । अन्य दर्ता भएका खेलाडी भने दर्शकदिर्घामा बस्नुपर्ने हुन्छ ।

अन्य क्लबले ९ जनासम्म खेलाडी बेन्चमा राख्दा मछिन्द्रले ७ खेलाडीमात्रै राख्दै आएको छ ।

अझ आईतबार भने ४ खेलाडीमात्रै देखिए ।

प्रशिक्षक कटुवालले स्थानीय खेलाडी खेल्न नआउँदा ४ खेलाडीमात्रै रहेको बताए ।

‘बेच्चमा ७ खेलाडी त हो । तर स्थानीय खेलाडी नआउँदा बेच्नमा ४ खेलाडीमात्रै भए ।’ उनले थपे ।

दुई खेलाडीमात्रै परिवर्तन गर्न पाएका कटुवालले बताए ।

मछिन्द्रको बेन्चमा बुद्ध राज लिम्बु, सुर्य अधिकारी, बिमल प्रसाद राई र सुमन महर्जन रहेका थिए ।

कट्वालले स्थानीय भनेर बताएका मनिल रत्न शाहि, प्रदिप कार्की र राज श्रेष्ठ भने बेन्चमै थिएनन् ।

लिगमा पहिलो हार ब्यहोरेका जावलाखेलका प्रशिक्षक नरेश थापाले मछिन्द्रको बैकल्पिक खेलाडी नहुँदाको फाईदा आफ्नो टिमले उठाउन नसकेको प्रतिक्रिया दिएका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
नेपाली महिला टोलीको कप्तान को?
नेपाली महिला टोलीको कप्तान को?
मिसन एसियन कप !
मिसन एसियन कप !
लयमा फर्किएका हुन् सन्दीप ?
लयमा फर्किएका हुन् सन्दीप ?
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
नेपाली मिडल अर्डरका मेरुदण्ड आरिफ
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
अस्ट्रेलिया छाडेर राष्ट्रिय टिमको जर्सी लगाउने सपना देखेका नन्दन
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
महिला फुटबलमा खुलापन ल्याउने योजनामा प्याट्रिक
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
सिटीलाई हराउँदै अल–हिलाल क्वार्टरफाइनलमा
जित्न चाहने कप्तान मार्टिनेज
जित्न चाहने कप्तान मार्टिनेज
भुटानसँग नेपालले टस जित्यो
भुटानसँग नेपालले टस जित्यो
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
६३ कराते खेलाडी श्रीलंका प्रस्थान
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP