एजेन्सी । मैत्रीपूर्ण क्लब फुटबलमा जर्मन बुन्डेस लिगा च्याम्पियन वायर्न म्युनिख पराजित भएको छ ।
शनिबार राति भएको मैत्रीपूर्णमा वायर्न दोस्रो डिभिजनको क्लब एफसी नुर्नबर्गसँग ५-२ गोल अन्तरले पराजित भएको हो ।
नुर्नबर्गको मैदानमा अल्फान्सो डेभिस र टिमोथी टिलमनले गोल गरेपनि वायर्नले फराकिलो हार व्यहोरेको हो ।
घरेलु टिम नुर्नबर्गलाई जित दिलाउन माइकल फ्रेई, मिकेल इशाक, आडम ज्रिलाक, फाबियन र रोविन हाकले एक एक गोल गरे ।
शीर्ष डिभिजनको क्लब वायर्नसँग पहिलो हाफमा १-१ को बराबरी खेलेको नुर्नबर्गले दोस्रो हाफमा चार गोल गरेको थियो ।