एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाइटेडले फराकिलो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा युनाइटेडले नर्विच सिटीलाई ४-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा युनाइटेडलाई जित दिलाउन मार्कोस राष्फोर्डले दुई गोल गरे ।
यस्तै एन्थोनी मार्सियल र मासुन ग्रीनउडले एक एक गोल गरे ।

ओल्ड ट्राफोर्डमा खेलको २७ औं मिनेटमा राष्फोर्डले गोल गर्दै युनाइटेडलाई सुरुवाती अग्रता दिलाए । ५२ औं मिनेटमा राष्फोर्डले पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै युनाइटेडको अग्रता २-० को बनाए ।

५४ औं मिनेटमा मार्सियलले गोल गर्दा युनाइटेड ३-० ले अघि रह्यो । त्यसपछि खेलको ७६ औं मिनेटमा ग्रीनउडले गोल गर्दै युनाइटेडलाई ४-० को फराकिलो जित दिलाए ।
जितसँगै युनाइटेड लिगको पाँचौं स्थानमा उक्लिएको छ । युनाइटेडले २२ खेलमा ३४ अंक जोडेको छ । पराजित नर्विच १४ अंक जोडेर लिगको पुछारमा रहेको छ ।

