काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा साविक विजेता मनाङ मर्स्याङ्दी क्लब बराबरीमा रोकिएको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा शनिबार भएको खेलमा १० खेलाडीमा सिमित मनाङ हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको हो ।
रोमान्चक बनेको खेलमा पाएको अवसरमा गोल गर्न नसक्दा दुवै टोलीले एक एक अंक बाडेका हुन् ।
शेर्पासँगको बराबरीसँगै मनाङले लिगको शीर्ष स्थानमा उक्लने मौका गुमाएको छ । मनाङले ६ खेलमा १२ अंक जोडेको छ । मनाङ तेस्रो स्थानमा रहेको छ । लिगमा मनाङको यो तेस्रो बराबरी हो ।
मनाङलाई बराबरीमा रोकेको शेर्पाले ६ खेलमा ४ अंक जोडेको छ । शेर्पा तालिकाको ११ औं स्थानमा रहेको छ ।
खेलको १२ औं मिनेटमा मनाङका जीवन गुरुङ शेर्पाका गोलकिपर किशोर गिरीलाई बिट गरेपनि गोल गर्न सकेनन् । उनको बल शेर्पाका डिफेन्डर निरज बस्नेतले क्लियर गरे ।
खेलको २१ औं मिनेटमा शेर्पाका विनोद गुरुङ खाली पोस्टमा गोल गर्न चुके । मनाङका गोलकिपर दिप कार्की डिबक्स बाहिर आएको अवस्थाले विनोदले डिबक्स बाहिरबाट पोस्ट भन्दा बाहिर प्रहार गरे ।
२३ औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा विमल रानाको हेड क्रस बार माथिबाट बाहिरियो । लगत्तै २५ औं मिनेटमा फेमि जोसुवा गोल गर्न चुके । विमलले डिबक्स भित्र उपलब्ध गराएको बलमा जोसुवाको वन टच प्रहार शेर्पाका किपर किशोर गिरीको खुट्टामा लाग्दै फर्किएको थियो ।
खेलको ७० औं मिनेटमा भिदाल लुइसको डिबक्स भित्रको प्रहार शेर्पाका किपर किशोर गिरिले उत्कृष्ट बचाऊ गरे ।
७२ औं मिनेटमा शेर्पाका स्टेफेन समिरलाई डिबक्सको ठिक बाहिर फउल गरेपछि मनाङका सुरज विश्वकर्माले रातो कार्ड पाएका थिए ।
यस्तै खेलको ८३ औं मिनेटमा मनाङका विमल रानाले पाएको अवसर सदुपयोग गर्न । काउन्टरमा उनको फितलो प्रहार किशोर गिरीले सहजै बचाए ।
८७ औं मिनेटमा शेर्पाका सुरज हमाल गोल गर्न चुके । काउन्टरमा आएको बलमा डिबक्स भित्रबाट उनले प्रहार गरेको बल मनाङका किपर दिप कार्कीले सहजै बचाए ।
खेलको इन्जुरी समयमा मनाङका विमल पुन: गोल गर्न चुके । डिबक्स भित्रबाट उनले बाहिर प्रहार गरे ।
इन्जुरी समयमै मनाङका किपर दिप कार्की अघि बढेको अवस्थामा शेर्पाका सुरजको चिप बल पोस्टको नजिकबाट बाहिरिएको थियो ।
खेलमा म्यान अफ दि म्याच शेर्पा उल्रिच चुनिए ।
प्रशिक्षक के भन्छन् ?
मनाङका प्रशिक्षक धनेश्वर प्रजापतिले खेलाडीले सोचे अनुसार खेल्न नसकेको बताए ।
'खेलाडीले ढिला रेस्पोन्स गरे । जति दिनु पर्ने हो । त्यो भएन,' उनले भने, 'हामीले तीन बराबरी खेल्यौं । त्यसैले लिग जित्ने सम्भावना कमजोर भएको छ ।'
यस्तै प्रजापतिले रेफ्रीको निर्णयमा सन्तुष्ट व्यक्त गरे ।
'हामीले ६ खेल खेलेका छौँ । सधै १५ खेलाडीसँग खेल्नु परेको छ । रेफ्रीको निर्णय भएन,' उनले भने ।
शेर्पाका मुख्य प्रशिक्षक सन्जिब बुढाथोकीले मनाङका खेलाडी कारबाहीमा रहदा टिमलाई सहज भएको बताए ।
'नतिजाबाट हामी खुसी छौँ । विपक्षी टिमका खेलाडी कारबाहीमा पर्दा हामीलाई सजिलो भयो,' उनले भने ।
मनाङ प्लेईङ सेट -
विमल राना,कमल श्रेष्ठ,सुरज विश्वकर्मा, फ्लोरेन्ट कोने,दीप कार्की, जीवन गुरुङ,एक राज बुढाथोकी, दयानन्द सिंह,पुजन उपरकोटी,फेमि जोसुवा,अन्जन बिष्ट
हिमालयन प्लेईङ सेट -
किशोर गिरि, मान बहादुर तामाङ,त्रिदेब गुरुङ,विनोद गुरुङ, रबि थापा मगर,सुरज हमाल, स्टेफेन समिर अब्दुल्लाह हनी, कमल थापा मगर, उल्रिच सिवे,निरज बस्नेत