काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा अहिले मनाङ मर्स्याङ्दी क्लब र हिमालयन शेर्पा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा मनाङ र शेर्पाले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुवै टोलीले पाएको अवसरमा गोल गर्न सकेनन् ।
खेलको १२ औं मिनेटमा मनाङका जीवन गुरुङ शेर्पाका गोलकिपर किशोर गिरीलाई बिट गरेपनि गोल गर्न सकेनन् । उनको बल शेर्पाका डिफेन्डर निरज बस्नेतले क्लियर गरे ।
२१ औं मिनेटमा शेर्पाका विनोद गुरुङ खाली पोस्टमा गोल गर्न चुके । मनाङका गोलकिपर विशाल श्रेष्ठ डिबक्स बाहिर आएको अवस्थाले विनोदले डिबक्स बाहिरबाट पोस्ट भन्दा बाहिर प्रहार गरे ।
२३ औं मिनेटमा कमल श्रेष्ठको फ्रिकिकमा विमल रानाको हेड क्रस बार माथिबाट बाहिरियो ।
२५ औं मिनेटमा फेमि जोसुवा गोल गर्न चुके । विमलले डिबक्स भित्र उपलब्ध गराएको बलमा जोसुवाको वन टच प्रहार शेर्पाका किपर किशोर गिरीको खुट्टामा लाग्दै फर्किएको थियो ।