एजेन्सी । लिभरपुलका डिफेन्डर ट्रेन्ट एलेक्जेन्डर आर्नोल्ड इन्ग्लिश प्रिमियर लिगको प्लेयर अफ दि मन्थ चुनिएका छन् ।
प्रिमियर लिगमा डिसेम्बरको उत्कृष्ट खेलाडी बन्दै आर्नोल्ड प्लेयर अफ दि मन्थ चुनिएका हुन् । उनले डिसेम्बरमा एक गोलका साथै तीन एसिस्ट गरेका थिए ।
डिफेन्डर आर्नोल्डले पहिलो पटक प्लेयर अफ दी मन्थ उपाधि हात पारेका हुन् ।
‘यो मेरो लागि गौरवमय कुरा हो । हाम्रो यो महिना राम्रोसँग बित्यो,’ उपाधि पाएपछि उनले भने, ‘यो उपाधिको होडमा धेरै खेलाडीहरु थिए त्यसैले पनि यो एक गौरवको कुरा हो ।’
लिभरपुलले डिसेम्बरम खेलेको पाँच खेलमा उनी समावेश थिए । उनले क्लबलाई फिफा क्लब विश्वकप जिताउन पनि सहयोग गरेका थिए ।