एजेन्सी । सेफिल्ड युनाईटेड प्रिमियर लिग फुटबलको शीर्ष पाँचमा उक्लिएको छ ।
शुक्रबार भएको खेलमा वेस्ट ह्याम युनाईटेडलाई हराउँदै सेफिल्ड तालिकाको पाँचौ स्थानमा उक्लिएको हो ।
बैकल्पिक गोलकिपर डेभिड मार्टिनको गल्तीको फाईदा उठाउँदै ओली म्याकवर्नीले ५३ औ मिनेटमा विजयी गोल गरे ।
खेलको अन्तिम समयमा बराबरी गोललाई भारले अस्विकार गरेपछि सेफिल्डले तालिकामा थप सुधार गरेको हो ।
नयाँ प्रशिक्षक डेबिड मोयसको नेतृत्वमा रहेको वेस्ट ह्यामको पछिल्लो ११ खेलमा यो आठौं हार हो ।

हारपछि वेस्ट ह्याम रेलिगेशन जोन भन्दा मात्र दुई अंकले माथि छ । क्लब तालिकाको १६ औ स्थानमा छ ।
सेफिल्ड ३२ अंक सहित तालिकाको पाँचौ स्थानमा उक्लिएको छ ।