• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
खेलपाटी विशेष
  • गृहपृष्ठ
  • खेलपाटी विशेष
जर्ज प्रिन्सको 'सरप्राइज' सेलिब्रेसन
नमीन ढकाल
शुक्रबार, पुस २५, २०७६ नमीन ढकाल
जर्ज प्रिन्सको 'सरप्राइज' सेलिब्रेसन

काठमाडौं । नेपाली फुटबलकै माथिल्लो श्रेणीको 'ए' डिभिजन लिगमा शतक गोलको संघारमा रहेका राष्ट्रिय टिमका पूर्व स्ट्राइकर सन्तोष शाहुखलको गोलपछिको सेलेब्रेसन कस्तो होला ? सबैमा कौतुहलको विषय बनेको थियो ।

'ए' डिभिजन लिगको ४३ औं संस्करण आईपुग्दा बुधबार सन्तोषले १०० लिग गोल गर्दै ऐतिहासिक सफलता हात पारे । च्यासल युथ क्लबबाट खेलिरहेका सन्तोषले नेपाल पुलिस क्लबविरुद्ध गोल गर्दै शतक गोलको कोशेढुंगा पार गरे ।

सन्तोषले कीर्तिमानी गोल गर्दा अपेक्षाकृत सेलिब्रेसन गरेनन् । उनको गोल सेलिब्रेसन सामान्य थियो ।

तर, नेपाली लिगमा सन्तोषले कीर्तिमानी गोल गरेको भोलिपल्ट (बिहीबार) भने गज्जबको गोल सेलिब्रेसन देखियो । जुन सेलिब्रेसन जारी लिगकै फरक र नौलो थियो ।

त्रिभुवन आर्मी क्लबका स्ट्राइकर तथा जर्ज प्रिन्स कार्कीले सरस्वतीविरुद्ध गोल गरेपछि फरक किसिमको गोल सेलिब्रेसन गरे ।

खेलको ३० औं मिनेटमा दिनेश हेम्जनको पासमा गोल गरेपछि जर्ज प्रिन्सले आफ्नो जर्सीको भित्री कपडा देखाए । जसमा उनले खेलेका थिए - ‘प्राउड गनर आर्मी फरेवर’ । यस्तै छेउमा ५५ र ६४ अंक लेखिएको थियो ।

नियमित कप्तान भरत खवास लिगामेन्टको समस्याका कारण १३ औं मिनेटमै मैदानबाट बाहिरिएपछि टिमको नेतृत्व जर्ज प्रिन्सले पाएका थिए । उनकै एक मात्र निर्णायक गोलले आर्मीले जित निकालेको थियो । जितसँगै आर्मी लिगको शीर्ष स्थानमा समेत उक्लिएको थियो ।

‘यो मेरो सबैलाई सरप्राइज सेलेब्रेसन थियो,’ खेलपछि जर्ज प्रिन्सले छोटो प्रतिक्रिया दिए ।

आर्मीको जितमा निर्णायक गोल गरेका जर्ज प्रिन्सले किन फरक गोल सेलिब्रेसन गरे ? उनले आफ्नै टिमका सहकर्मी र टिम अफिसियललाई पनि जानकारी गराएका थिएनन् ।

बिस ७२ सालबाट आर्मीका जागिरे जर्ज प्रिन्सले आर्मीले आफुलाई खेलाडी बनाएको र खेलका लागि सधै समर्थन गरेका कारण यस प्रकारको सेलिब्रेसन गरेको बताए ।

‘आर्मीले मलाई खेलाडी बनायो । खेल्नको लागि सधै समर्थन गर्यो । त्यसैले पनि आर्मीको लागि यस्तो सेलिब्रेसन गरे,’ खेलपाटीसँग कुरा गर्दै जर्ज प्रिन्सले भने, ‘आर्मीमा विभिन्न कार्यक्रम हुँन्छ । मलाई अन्त पनि पठाउन सक्थ्यो । तर खेलमानै लाग्नुपर्छ भनेर पठाएको छ । त्यसैले आर्मीको नाममा सेलिब्रेसन गर्ने निर्णय गरेको थिए । त्यो आज सम्भव भयो ।’

राष्ट्रिय टिममा सदस्य समेत रहेका जर्ज प्रिन्सले यस सेलिब्रेसनबारे आफुले टिमका साथी, परिवार कसैलाई पनि जानकारी नदिएको बताए ।

जर्ज प्रिन्सले सेलिब्रेसनका लागि टी-सर्टमा आफैले लेखेका थिए । त्यो पनि मध्ये रातमा लेखेका थिए । किनकी प्रिन्स यो कुरा बाहिर ल्याउन चाहदैन थिए । त्यसमा प्रिन्स सफल भए ।

यस सिजनको लिगमा प्रिन्सको यो पहिलो गोल समेत हो । प्रिन्सले पाँचौ खेलमा आएर पहिलो गोल गरे ।

जर्ज प्रिन्सले यसअघिका चार खेलमै गोलको फरक सेलिब्रेसन गर्ने योजना बनाएका थिए । लिगमा गोल नै गर्न असफल भईरहदा जर्ज प्रिन्स पछि हटेका थिए । तर, सरस्वतीसँगको खेलमा भने उनलाई समय जुर्यो ।

‘सेलेब्रेसन गर्छु त भन्ने थियो । यस खेललाईनै भनेर सोच बनाएको थिईन । तर, राता रात बनाए । र, सरस्वतीसँगको खेलमा लगाए । संयोग जुन दिन लगाए त्यहि दिन गोल निस्कियो,’ प्रिन्सले भने ।

फुटबलमा जर्ज प्रिन्सले गरेको सेलिब्रेसन फिफाको नियम विपरित मानिन्छ । फिफाले कुनै पनि नारा, राजनीतिक, धर्म, जाति, वर्ण र कम्पनीसँग सम्बन्धित नारा देखाउन नपाउने नियम लगाएको छ ।

त्यसैले गोल सेलिब्रेसन गरे लगत्तै उनले लगाएको भित्री कपडा निकाल्नु पर्याे । गोल लगत्तै उनलाई फोर्थ अफिसियलले बाहिर निकालेर जर्सी खोल्न लगाएका थिए ।

५५ र ६४ अंक के हो ?

दोस्रो सिजनको लिग खेलिरहेका जर्स प्रिन्स बिस २०७२ सालमा आर्मीमा भर्ना भए । तर, गोल सेलिब्रेसनमा ५५ र ६४ अंक थियो । र, यसको पनि अर्थ छ ।

आर्मीमा जर्ज प्रिन्स राजदल अन्तर्गत गनर गढका सैनिक हुन् । उनको सुरुवाती सैन्य तालिमको ब्याज ५५ रह्यो । यस्तै उनले केहि महिना अघि नगरकोटमा सैन्य कमान्डो तालिम गरेका थिए । जुन तालिममा उनको ब्याज ६४ रहेको थियो ।

त्यसैले बिहीबार आफ्नो गढ र तालिमको ब्याजको लागि उनले - ‘प्राउड गनर आर्मी फरेवर ५५, ६४’ लेखेका हुन् ।

बंगलादेशमा ६ महिना ‘गनरी कोर्ष’ पुरा गरेर केहि समय अघि मात्रै जर्ज प्रिन्स नेपाल आएका हुन् । दुई महिना पछि जर्ज प्रिन्स सह सेनानी पदमा बढुवा हुँदैछन् । अहिले जर्ज उप सेनानी हुन् ।

जर्ज प्रिन्सले राष्ट्रिय टिमबाट ३ क्याप जितिसकेका छन् । उनले राष्ट्रिय टिमका लागि एसियन कप छनोट अन्तर्गत फिलिपिन्ससँग होम एण्ड अवे र यमनसँगको खेल खेलेका थिए ।

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
भुटानसँग सजग नेपाल
भुटानसँग सजग नेपाल
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
७–० को हारलाई ‘सरप्राइज’ नमानेको नेपाली टोली
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपालको सधैंको कठिन प्रतिद्धन्दी भारत
नेपाली फुटबलमा  ‘प्रोफेसनलिज्म’ नै छैन !
नेपाली फुटबलमा ‘प्रोफेसनलिज्म’ नै छैन !
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
विक्रमसँगै सन्न्यास लिएको नेपाली फुटबल
रोकिएला बार्सिलोना ?
रोकिएला बार्सिलोना ?
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
हार्न होइनौं, जित्न ताजकिस्तान आएका हौं : नवीन
प्रिमियर र क्वासन च्याम्पियन
प्रिमियर र क्वासन च्याम्पियन
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
अपराजित रहँदै संकटा एन्फा महिला लिगमा छनोट
देशलाई पदक दिलाउन माहिर विजय
देशलाई पदक दिलाउन माहिर विजय
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
नेपाल र वेस्ट इन्डिजबीच हुने सिरिजको खेल तालिका हेरफेर
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रवन्ध सम्पादक हिम विक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP