काठमाडौं । जन ज्योति पब्लिक स्कुल र दुर्गा सेकेण्डरी स्कुल राजधानीमा जारी क्विक्स कप अन्तर गर्ल्स स्कुल फुटबलको सेमिफाइनलमा प्रवेश गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा बिहिबार भएको पहिलो क्वाटरफाइनलमा त्रिवेणी सेकेण्डरी स्कुललाई १-० गोल अन्तरले पराजित गर्यो । त्रिवेणीको जितमा दिक्षा चन्दले निर्णायक गोल गरिन् ।
यस्तै दुर्गाले स्मृति बोर्डिङ स्कुललाई ३-० ले पराजित गर्यो । दुर्गाको जितमा सुनिता भोलनले दुई गोल गरिन् । अर्को गोल मन्दिरा राईले गरिन् ।
यस्तै ज्वालामुखी सेकेण्डरी स्कुलले एकता जेम्स इन्ग्लिश स्कुललाई ४-१ ले हराएको छ ।
प्रतियोगितामा १२ स्कुलको सहभागिता रहेको छ ।