काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगमा अहिले त्रिभुवन आर्मी क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा आर्मीले १-० को अग्रता बनाएको छ ।
खेलको ३० औं मिनेटमा दिनेश हेन्जनको पासमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका हुन् ।
गोल गरेपछि जर्ज प्रिन्सले आर्मी भएकोमा गर्व गर्छु भन्ने लेखिएको टिसर्ट देखाएका थिए । रेफ्रीले पछि उनको उक्त टिसर्ट निकाल्न लगाएका थिए ।
आज आर्मी जित निकाल्दै शीर्ष स्थानमा उक्लने लक्ष्यमा रहेको छ ।
सरस्वती पहिलो अंकको खोजीमा रहेको छ ।