काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगमा अहिले त्रिभुवन आर्मी क्लब र सरस्वती युथ क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा आर्मीले अग्रता बनाएको छ । खेलको ३० औं मिनेटमा दिनेश हेन्जनको पासमा जर्ज प्रिन्स कार्कीले गोल गर्दै आर्मीलाई अग्रता दिलाएका हुन् ।