एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब म्यानचेस्टर युनाइटेडका डिफेन्डर ह्यारी मागुइरे लामो समय मैदान बाहिर रहन सक्ने भएका छन् ।
एफए कप अन्तर्गत वुल्भ्सविरुद्धको खेलमा हिपको चोट बोकेसँगै ह्यारी लामो समय मैदान बाहिर रहने भएका हुन् ।
युनाइटेडका सेन्ट्रल डिफेन्डर ह्यारीको चोट ठिक हुन लामै समय लाग्ने भएको छ । तर, उनको चोट मुक्त हुने समय भने अझै अन्योलमा रहेको छ ।
युनाइटेडका प्रशिक्षक ओले गुनर सोल्सायरले ह्यारी लामो समय मैदान बाहिर रहने बताएका छन् ।
चोटको कारण ह्यारीले काराबाओ कपको सेमिफाइनलको पहिलो लेग समेत गुमाएका थिए । म्यानचेस्टर सिटीविरुद्धको डर्बी भिडन्तमा युनाइटेड ३-१ ले पराजित भएका थिए ।