काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगमा अहिले विभागीय क्लब एपीएफ र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा संकटाले ३-२ को अग्रता बनाएको छ ।
पहिलो हाफमा २-० ले अग्रता बनाएको संकटाले दोस्रो हाफमा एक गोल गर्दा दुई गोल खाएको छ ।
पहिलो हाफमा संकटाका लागि लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरे । दोस्रो हाफमा अजयी मार्टिनले गोल गर्दै संकटालाई ३-० को अग्रता दिलाए ।
तर, त्यसको केहि मिनेट नविन लामाले पेनाल्टीमा गोल गर्दै खेल ३-१ को स्थितिमा ल्याए । त्यसपछि ७२ औं मिनेटमा एपीएफका आशिष लामाले गोल गर्दै खेल ३-२ को स्थितिमा ल्याएका छन् ।