काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगमा अहिले विभागीय क्लब एपीएफ र संकटा क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा संकटाले २-० को अग्रता बनाएको छ ।
पहिलो हाफमा संकटाका लागि लक्ष्मण रुचाल र कर्ण लिम्बुले एक एक गोल गरे ।
खेलको १९ औं मिनेटमा लक्ष्मणले फ्रिकिकमा गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए ।
यस्तै खेलको ४४ औं मिनेटमा कर्णले गोल गर्दै संकटालाई २-० को अग्रता दिलाए । कर्णको यो संकटाको लागि पहिलो गोल हो ।