काठमाडौं । सहिद स्मारक 'ए' डिभिजन लिगको पाचौँ चरण अन्तर्गत बिहिबार हुने पहिलो खेलमा विभागीय क्लब एपीएफ र संकटा क्लबबीच प्रतिस्पर्धा हुँदैछ ।
दशरथ रंगशालामा हुने संकटा र एपीएफबीचको पहिलो खेल मध्यान्न १२ बजे सुरु हुनेछ ।
लिगमा दाबेदारीता प्रस्तुत गर्न एपीएफविरुद्ध संकटालाई जितको बिकल्प छैन ।
यस्तै, लिगको शीर्ष ६ भित्र अटाउने लक्ष्य बनाएको एपीएफलाई पनि जितको बिकल्प छैन । एपीएफ रेलिगेशन जोनकै नजिक रहेको छ ।
लिगमा ४ खेलबाट संकटा र एपीएफले जम्मा एक जित मात्रै दर्ता गराएको छन् । दुवै टिमको समान ४ अंक रहेको छ ।
लिग जित्ने लक्ष्य सहित होमिएको संंकटा एक मात्रै जितले दबाबमा छ । उसले दुई खेलमा हार ब्यहोरेको छ भने एकमा बराबर गरेको छ ।
संकटा क्लबका प्रशिक्षक विजय महर्जन एपीएफविरुद्धको खेल निकैनै महत्वपुर्ण रहेका कारण जित निकाल्ने लक्ष्य सहित मैदान उत्रने बताउँछन् ।
‘एपीएफविरुद्ध तीन अंकको निकैनै महत्व छ । एपीएफविरुद्व जित निकाल्दै उपाधिको होडमा बस्न चाहन्छौ ।’ उनी भन्छन् ।
लिगमा एक मात्रै जित निकालेको संकटा ४ अंक सहित तालिकाको दशौं स्थानमा छ ।
अन्तिम खेलमा नेपाल पुलिससँग २–१ गोल अन्तरले पराजित संकटाले सोही सेट मैदानमा उतार्ने तयारी गरेका छ ।
पहिलो खेलमा च्यासलसँग २–० गोल अन्तरले पराजित संकटा दोस्रो खेलमा एनआरटीसँग १–० ले पराजित भएको थियो । तेस्रो खेलमा जावलाखेल युथसँग १–१ को बराबरीमा रोकिएको संकटा चौथो खेलमा पुलिससँग २–१ ले पराजित बनेको थियो ।
गत सिजन संकटाले एपीएफ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।
यता, एपीएफ पनि संकटालाई पराजित गर्दै लिगमा लगातार दोस्रो जित निकाल्ने दाउमा छ । एपीएफ क्लबका प्रशिक्षक राजेन्द्र तामाङ संकटाविरुद्ध आक्रमक खेल खेल्दै तीन अंक लिने बताउँछन् ।
‘संकटा पनि राम्रो टिम छ । हाम्रो टिम पनि सन्तुलित हुँदै आएको छ । तीन अंकका लागि खेल्छौं ।’ उनी भन्छन् ।
अन्तिम खेलमा सरस्वती युथसँग प्रतिबन्धमा परेका राजिब लोप्सान संकटाविरुद्ध भने मैदान उत्रनेछन् । उनी दोस्रो पहेलोे कार्डका कारण मैदान बाहिर रहेका थिए ।
पहिलो खेलमा मनाङसँग २–० गोल अन्तरले पराजित एपीएफ दोस्रो खेलमा भने हिमालयन शेर्पासँग १–१ गोलको बराबरीमा रोकिएको थियो । यस्तै तेस्रो खेलमा थ्रीस्टारसँग पराजित उसले अन्तिम खेलमा सरस्वती युथ क्लबलाई २–१ गोल अन्तरले पराजित गरेको थियो ।