एजेन्सी । काराबाओ कप फुटबल अन्तर्गत सेमिफाइनलको पहिलो लेगमा लेष्टर सिटी बराबरीमा रोकिएको छ ।
बुधबार राति भएको पहिलो लेगमा लेष्टरले एस्टन भिल्लासँग १-१ गोलको बराबरी खेलेको हो ।
घरेलु मैदानमा पहिलो हाफमा १-० ले पछि परेको लेष्टर दोस्रो हाफमा गोल गर्दै बराबरी गरेको थियो ।
खेलको २८ औं मिनेटमा फ्रेडरिच गुइल्बेर्टले गोल गर्दै एस्टनलाई अग्रता दिलाएका थिए ।
तर, खेलको ७४ औं मिनेटमा केलिची इहेनाचोले गोल गर्दै लेष्टरलाई १-१ गोलको बराबरीमा फर्काए ।
बराबरीसँगै फाइनल पुग्न दुवै टोलीलाई दोस्रो लेगको खेल कुर्नु पर्ने भएको छ ।
दुई टोलीबीचको दोस्रो लेग जनवरी २८ मा हुनेछ ।