एजेन्सी । स्पेनिस ला लिगा च्याम्पियन बार्सिलोना स्पेनिस सुपर कोपाका लागि साउदी अरेबिया पुगेको छ ।
सुपर कोपाको सेमिफाइनलमा बार्सिलोनाले जनवरी १० मा एट्लेटिको मड्रिडसँग खेल्नेछ ।
तर, केही दिनयता अमेरिका र इरानबीच बढेको तनावले सुपर कोपा खेल हुने नहुनेमा शंका उत्पन्न भएको छ । इरान र साउदी अरबको सीमा जोडिएको छैन तर ती दुवै राष्ट्रहरु सांस्कृतिक र भौगोलिक रुपले नजिक छन् ।
इरानमा सिया मुस्लिमहरुको बाहुल्यता रहेको छ भने साउदी अरेबियामा सुन्नी मुस्लिमहरु छन् । दुई राष्ट्रबीच भूराजनीतिक र आर्थिक कारणहरु पनि जोडिएका छन् ।
जसको कारण सुरक्षा टोलीले खेल हुने मैदान आसपास र टिमलाई कडा निरिक्षण गरिरहेको छ ।
सुपर कपको तीनै खेल किङ अब्दुल्लाह स्पोर्टस स्टेडियममा हुनेछ ।
अर्को सेमिफाइनलमा रियल मड्रिड र भ्यालेन्सियाबीच खेल हुनेछ ।