काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले हिमालयन शेर्पा क्लब र फ्रेन्ड्स क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो हाफ सकिदा दुवै टोलीले गोलरहित बराबरी खेलेका छन् ।
पहिलो हाफमा दुवै टोलीले केहि उत्कृष्ट गोलको अवसर बनाए पनि सदुपयोग गर्न सकेनन् ।
खेलको ४३ औं मिनेटमा फ्रेन्डसका उत्तम राईले डिबक्सभित्रबाट गोल गर्न सकेनन् । शेर्पाका एक डिफेन्डरलाई बिट गरेर प्रहार गरेको उनको पावर फुल सट बारमाथिबाट बाहिरिएको थियो ।
आज दुवै टिम जित निकाल्दै अंक तालिका सुधार गर्ने लक्ष्यमा रहेका छन् ।
लिगमा २ अंक जोडेको शेर्पा १२ औं स्थानमा रहेको छ । १ अंक जोडेको फ्रेन्ड्स १३ औं स्थानमा रहेको छ ।