एजेन्सी । इन्ग्लिश प्रिमियर लिग क्लब आर्सनल एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
सोमबार राति भएको तेस्रो चरणमा लिड्स युनाइटेडलाई १-० गोल अन्तरले पराजित गर्दै आर्सनल चौंथो चरणमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा आर्सनललाई जित दिलाउन रेइस नेल्सनले निर्णायक गोल गरे ।
पहिलो हाफ गोलरहित बराबरीमा सकिएको खेलको ५५ औं मिनेटमा नेल्सनले निर्णायक गोल गरेका थिए । उनको यो एफए कपमा पहिलो गोल हो ।
प्रिमियर लिगमा क्रिस्टलसँगको खेलअघि आर्सनल एफएफ कपको चौंथो चरणमा पुगेको हो । लिगमा आर्सनलले शनिबार क्रिस्टलको सामना गर्दैछ ।
अब आर्सनलले चौंथो चरणमा बर्नेमाउथको सामना गर्नेछ ।
