काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले साविक विजेता मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच प्रतिस्पर्धा भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलमा मछिन्द्रले मनाङसँग १-१ गोलको बराबरी गरेको छ ।
पहिलो हाफमा १-० ले पछि परेको मछिन्द्रले दोस्रो हाफको ४७ औं मिनेटमा बराबरी गरेको हो । सुजल श्रेष्ठले गोल गर्दै मछिन्द्रलाई खेलमा फर्काएका हुन् ।
यस अघि फेमी जोसुवाको गोलमा मनाङले दोस्रो मिनेटमा अग्रता बनाएको थियो।
उनले एन्फाको प्रतिबन्ध फुकुवा हुँदै मैदान फर्किएका अन्जन बिष्टको पासमा हेड गोल गरेका थिए ।