काठमाडौं । सहिद स्मारक ए डिभिजन लिग फुटबलमा अहिले मनाङ मर्स्याङ्दी क्लब र मछिन्द्र क्लबबीच खेल भईरहेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा जारी खेलको पहिलो मिनेटमै मनाङले सुरुवाती अग्रता बनाएको छ ।
फेमि जोसुवाको गोलमा मनाङले दोस्रो मिनेटमै अग्रता बनाएको हो ।
उनले प्रतिबन्ध फुकुवा हुँदै मैदान फर्किएका अन्जन बिष्टको पासमा हेड गोल गरेका थिए ।
डिस्को काण्डपछि एन्फाको ४५ दिने कारबाही फुकुवा हुँदै अन्जन मैदान फर्किएका हुन् ।
आज दुवै टिम जित निकाल्ने लक्ष्यसहित मैदान उत्रिएका छन् ।
मछिन्द्रबाट ७ खेलाडीले पूर्व क्लबविरुद्ध खेलिरहेका छन् ।