एजेन्सी । स्विडेनको माल्मोमा निर्माण गरिएको ज्लाटन इब्राहिमोविचको प्रतिमा (मुर्ति) तोडफोड भएको छ ।
इब्राहिमोविचको घरेलु सहरमा निर्माण गरिएको मुर्ति आइतबार रातो तोडफोड भएको हो ।
पित्तलबाट निर्माण गरिएको ९ फिट अग्लो मुर्ति भान्डल समुदायका समूहले तोडफोड गरेको बताईएको छ । उनीहरुले मुर्ति तोडफोडका सधै पल्टाईदिएका थिए ।
भान्डल समुदायका समूहले दोस्रो पटक इब्राहिमोविचको प्रतिमामा आक्रमण गरेको हो ।
स्विडेनका महान खेलाडी इब्राहिमोविचको सम्मानमा गत असोजमा प्रतिमा बनाईएको थियो । ३८ वर्षीय इब्राहिमोविचले माल्मो एफसीबाट फुटबल करियर सुरु गरेका थिए ।
इटालियन क्लब इन्टर मिलान, एसी मिलान, युभेन्ट्स, स्पेनिस क्लब बार्सिलोना, इन्ग्लिश क्लब म्यानचेस्टर युनाइटेडबाट खेलेका उनले विभिन्न १३ लिग उपाधि जितेका छन् ।
