एजेन्सी । इटालियन सिरी ए फुटबलमा रोमा पराजित भएको छ ।
आइतबार राति भएको खेलमा रोमा घरेलु मैदानमा टोरिनोसँग २-० गोल अन्तरले पराजित भएको हो ।
टोरिनोलाई जित दिलाउन आन्द्रिया बेलोट्टीले दुई गोल गरे । खेलको ४५ औं मिनेटमा पहिलो गोल गरेका बेलोट्टीले ८६ औं मिनेटमा पेनाल्टीबाट व्यक्तिगत दोस्रो गोल गर्दै टोरिनोलाई जित दिलाए ।
घरेलु मैदानमा पराजित भएसँगै रोमाले शीर्ष तीनको क्लबसँग अंक दुरी कम गर्ने मौका गुमाएको छ । चौंथो स्थानको रोमाको ३५ अंक रहेको छ ।
नवौं स्थानको टोरिनोको २४ अंक रहेको छ ।