बुधबार, ०२ पौष २०८२
Khelpati Logo
Khelpati Ad
Logo
  • गृह पृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट-गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • बास्केटबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
Khelpati
कखरा पब्लिकेशन प्रा.लि

हाम्रो टीम

प्रधान सम्पादकराजु घिसिङ
प्रमुख कार्यकारी अधिकृतसजिव भट्टराई
मल्टिमिडिया प्रमुखइलिट जोशी
संवाददाताउज्वल तिमल्सिनानिशान राई लक्षमण केसी
प्रदेश संयोजकहिमालयन मनोजनमिन ढकाल

समाचार प्रकाशन

समाचारको लागि9851010077khelpati7@gmail.com
विज्ञापनको लागि 9851085203Kakharakhelpati@gmail.com

सम्पर्क ठेगाना

support@khelpati.com
+977-9851085203
त्रिपुरेश्वर, काठमाडौं
सूचना विभाग दर्ता न: १०१२/०७५-७६
© 2025 Khelpati. All rights reserved.
By Beeaver Tech Pvt. Ltd
  1. Home
  2. /
  3. खेलपाटी विशेष
Bhat Bhateni Supermarket Ad

पुलिस, फुटबल अनि परिवर्तन !

सोमबार, २१ पौष २०७६नमीन ढकाल
पुलिस, फुटबल अनि परिवर्तन !
Classic Tech Internet Ad

काठमाडौं । ६० को दशकमा नेपाली फुटबलमा विभागीय टिम भनेपछि सबैका नजर पर्थ्यो । अझ, भनौ नेपाल पुलिस क्लब । पुलिस टिम खेलाडीको आकर्षक टिम हुन्थ्यो ।

६० दशककै कुरा गरौं, नेपाल पुलिस क्लबका मुख्य प्रशिक्षक अनन्त राज थापा त्यस समय थ्री स्टारबाट लिग खेल्थे । उनले अन्तिम समयमा हानेको एक मात्रै गोलले थ्री स्टार लिग च्याम्पियन भयो । सायद, थ्री स्टार हारेको भए लिगको चौथो स्थानमा पुग्ने निश्चित थियो ।

अनन्तले थ्री स्टारमा के राम्रो गरेका थिए । उनलाई नेपाल पुलिस क्लबले अनुबन्ध गरिहाल्यो । सँगै रमेश बुढाथोकीलाई पनि । त्यसपछि हो नेपाल पुलिस क्लबले सहिद स्मारक ए डिभिजन लिगमा आफ्नो प्रभाव छाडेको ।

पुलिसले ६० सालमा आएर लिग खेल्न सुरु गर्याे । लिग खेल्न सुरु गरेसँगै पुलिसले राम्रा खेलाडी भित्र्याउन थाल्यो । लिग खेल्न थालेको तेस्रो वर्ष नै पुलिस च्याम्पियन बन्यो ।

बिस २०६३ सालमा पुलिसले पहिलो पटक ए डिभिजन लिग जियो । त्यसपछि ६६–६७ र ६८ सालमा लिगको उपाधि जित्दै पुलिसले लिगको उपाधिमा ह्याट्रिक नै गर्यो ।

तत्कालिन समय नेपालको राष्ट्रिय टिम नै बन्थ्यो पुलिस । अझ तत्कालिन समयमा पुलिसलाई खर्चालु स्पेनिस क्लब ‘रियल मड्रिड’ को उपमा दिईन्थ्यो । कोहि स्टार खेलाडी देख्यो कि भित्र्याईहाल्ने । सेवा सुविधा पनि अन्य क्लबको तुलनामा बढि नै ।

प्रशिक्षक थिए योगम्बर सुवाल । उनले कहिल्यै पुलिसलाई लिग जिताउन सकेनन् । तर, टिम तयार पारे । एउटा आधार बनाईदिए ।

सुवालले आफ्नो प्रशिक्षणमा अनिल अधिकारीको कप्तानीमा रमेश बुढाथोकी, राकेश श्रेष्ठ, दिपक पौडेल, नरोत्तम गौतम, पर्वत पाण्डे, हरि खड्का, संजिब जोशी, अनन्त राज थापाको टिम तयार पारेका थिए ।

सुवालले टिम छाडेपछि पुलिस टिमको नेतृत्व गर्ने जिम्मा विराट कृष्ण श्रेष्ठले पाए । त्यसपछि घरेलु लिगमा पुलिसलाई हराउने क्लब कमै रहे । त्यहिँ समय पुलिस टिमको स्वर्णकालिन युग रह्यो ।

त्यहिँ समय सुमन सुवेदी, जुमानु राई, रविन श्रेष्ठ, भोला सिलवालसँगै अहिले त्रिभुवन आर्मी क्लबका कप्तान रहेका भरत खवास पुलिसको टिममा सामेल भए ।



तर, एक समय लिगमा ह्याट्रिक उपाधि जितेको पुलिस क्लबको प्रदर्शन खस्कदो छ । टिमका पुराना खेलाडी कमै छन् । नयाँ पुस्ताका उत्कृष्ट खेलाडी पुलिस क्लबमा आउँनै छाडे ।

कुनै समय ८–९ जना राष्ट्रिय टिमका खेलाडी हुने पुलिसमा अहिले मात्र तीन जना राष्ट्रिय टिमका खेलाडी छन् । पुलिसको टिममा अहिले रवि पासवान, तेज तामाङ र अजित भण्डारी मात्र राष्ट्रिय टिममा रहेका खेलाडी हुन् । राष्ट्रिय टिमका पूर्व सदस्यहरु सुमन लामा, भोला सिलवाल, रविन श्रेष्ठ र सुमन सुवेदी पनि छन् ।

अभिषेक रिजाल, दिनेश राजवंशी, रेजिन सुब्बा र अर्पण कार्कीले गत सिजन पुलिसबाट लिग खेलेका थिए । तर, चारै खेलाडी यस सिजन पुलिसमा छैनन् । यस सिजन पुलिसका अनुभवी स्ट्राइकर हरि कठायतले पनि टिम छोडे । हरि यस सिजन जावलाखेल युथ क्लबबाट खेलिरहेका छन् ।

कुनै समय आकर्षणको केन्द्र रहेको पुलिस क्लबको किन आकर्षण घट्दो छ ? कारण के त ?

जब खेलाडी पुलिस क्लबमा आउँछन् प्लेईङ सेटमै खेल्छन् । जब उनीहरु स्तरीय खेलाडी बन्छन्, बाहिरी क्लबको नजर उनीहरुमा पर्छ । बाहिरी क्लबको आकर्षक प्रस्तावले खेलाडी विभाग छोड्न बाध्य हुन्छन् ।

विभागका केहि खेलाडी आफ्नो दर्जा अनुसारको तलबमै सिमित बन्नु र दर्जा नबढेको कारण पनि क्लब छाड्ने गरेका छन् । तर, मुख्य प्रशिक्षक थापा भने त्यस कुरालाई स्वीकार गर्दैनन् ।

‘विभागमा सुविधाको विषयमा कुनै कमीकमजोरी भएको छैन । बाहिरी क्लबमा पाउने सुविधा पाएनन् होला त्यो बेग्लै कुरा हो । तर, आवश्यकता अनुसार क्लबले हेरेको छ,’ प्रशिक्षक थापा भन्छन् ।

खेल्न र नाम कमाउन चाहने खेलाडीको लागि पुलिस क्लब जस्तो उपयुक्त ठाउ अन्य नभएको उनको दाबी छ ।

जारी ए डिभिजन लिगमा पुलिसको लक्ष्य सके उपाधि जित्ने, नसके शीर्ष ६ मा रहने छ ।

‘हाम्रो लक्ष्य सुरुमा शीर्ष छ भित्र हो । त्यसपछि राम्रो गर्दै शीर्ष तीनसम्मको सोच बनाएका छौं ।’ ६८ सालमा पुलिस च्याम्पियन बन्दा टिममा रहेका प्रशिक्षक थापाले भने ।

पुलिसको लक्ष्यबाटै थाहा हुन्छ की टिम पहिले जस्तो बलियो छैन ।

पहिले कसरि पुलिस बलियो हुन्थ्यो त ?

मुख्य प्रशिक्षक थापाको भनाई मान्ने हो भने त्यस समय विभागीय टिमले बाहेक अन्य क्लबले वर्ष भरि तयारी नै गर्दैन थ्यो । अन्य क्लबले प्रतियोगिता सुरु अघि मात्र खेलाडी छनोट गर्ने र टिम बनाउने गर्थ्यो । अहिले भने धेरै परिर्वतन भईसकेको छ ।

थापा भन्छन् ‘हाम्रो समय र अहिलेका फुटबलमा धेरै फरक छ । अहिले टेक्नोलोजीले धेरै फरक पारिसकेको छ । पहिलेको जस्तो खेल्न सजिलो छैन । अहिलेका सबै टिम बराबरका छन् । सबै क्लब आफै ब्यवसायिक भईसके । सबै बलिया पनि ।’

यस्तै ६० को दशकमा नेपालमा विदेशी खेलाडीको प्रभाव निकै कम पाईन्थ्यो । जसले गर्दा पुलिसलाई स्वतः फाइदा हुन्थ्यो ।

पुलिसलाई चुनौती दिने थ्री स्टार र मनाङ मर्स्याङ्दीले मात्रै विदेशी खेलाडी ल्याउने गर्थे । अन्य क्लब भने नेपाली खेलाडी सिमित थिए । यस्तै खेलाडीको फिटनेशमा कमैले ध्यान दिन्थ्यो । जसको फाइदा उठाउँदै पुलिसले ४९ खेलसम्म अपराजित यात्राको कीर्तिमान समेत बनाएको थियो ।

‘विभागको टिम बाहेक अन्य खेलाडीमा फिटनेशनै नहुने । जसले हामीलाई फाइदा भयो । अन्य क्लबका खेलाडीलाई आफ्नो रोलनै के हो थाहा नहुने । यस्तै अवस्थामा हामी सधै काउन्टरमा गोल गर्थ्यौ,’ मुख्य प्रशिक्षक थापाले सम्झिए ।

तर, अहिले क्लबसँगै खेलाडीमा पनि परिवर्तन आएको छ । खेलाडीसँगै प्रशिक्षकहरुमा समेत धेरै ज्ञान बढिसकेको छ ।

‘सामान्यतय फुटबलमा ४ मोमेन्टस हुन्छ । त्यो नै विपक्षी टिमलाई थाहा हुँदैन थियो । अहिले त्यो सबैमा छ । सबैमा ज्ञान छ । त्यसैले पनि प्रतिस्पर्धा बढेको छ,’ थापा भन्छन् ।

Bajaj Pulsar Motorcycle Ad

प्रतिक्रिया दिनुहोस् (0 comments)

Facebook Comments Plugin

थप समाचार (More News)

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

हिक्मत महरा, 'बिथ द स्पिड'का खाेज

महिला टिम, पुरुष म्यानेजर !

महिला टिम, पुरुष म्यानेजर !

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

दशौं राष्ट्रिय खेलकुदका यस्ता छन् चुनौती

Bajaj Pulsar Motorcycle Ad
 ४० करोडमा आइपीएलमा बिकेको भोलिपल्टै ग्रीन शून्यमा आउट !

४० करोडमा आइपीएलमा बिकेको भोलिपल्टै ग्रीन शून्यमा आउट !

पीएसजीलाई वर्षको अन्त्यमा अर्को इतिहास बनाउने अवसर

पीएसजीलाई वर्षको अन्त्यमा अर्को इतिहास बनाउने अवसर

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

EXCLUSIVE : सदस्य सचिव बन्न २१ जनाको निवेदन, सन्ज्यालसमेत दौडमा

इन्डो नेपाल टी ट्वान्टी क्रिकेटको तयारी पूरा, ६ टोलीले प्रतिस्पर्धा गर्ने

इन्डो नेपाल टी ट्वान्टी क्रिकेटको तयारी पूरा, ६ टोलीले प्रतिस्पर्धा गर्ने

डेम्बेले र आइताना वर्षका उत्कृष्ट खेलाडी

डेम्बेले र आइताना वर्षका उत्कृष्ट खेलाडी

फाइनलअघि एपीएफलाई ईस्ट बंगालको चुनौती

फाइनलअघि एपीएफलाई ईस्ट बंगालको चुनौती

चेल्सीको जितमा गार्नाचोको २ गोल

चेल्सीको जितमा गार्नाचोको २ गोल

तेस्रो डिभिजनको क्लबसँग बार्सिलोनालाई मुस्किल

तेस्रो डिभिजनको क्लबसँग बार्सिलोनालाई मुस्किल