एजेन्सी । चेल्सी एफए कप फुटबलको चौंथो चरणमा प्रवेश गरेको छ ।
आइतबार भएको तेस्रो चरणको खेलमा नोटिङघम फोरेस्टलाई २-० गोल अन्तरले पराजित गर्दै चेल्सी चौंथो चरणमा प्रवेश गरेको हो ।
घरेलु मैदानमा चेल्सीलाई जित दिलाउन कलुम हड्सन र रोस बार्क्लीले एक एक गोल गरे ।
स्टामफोर्ड ब्रिजमा खेलको सातौं मिनेटमा हड्सनले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । त्यसपछि खेलको ३३ औं मिनेटमा बार्क्लीले गोल गर्दै चेल्सीलाई २-० को जित दिलाए ।

टोटेनहम भने च्याम्पियनसिप क्लब मिडल्सबर्गसँग १-१ गोलको बराबरीमा रोकिएको छ । बराबरीसँगै टोटेनहमले मिडल्सबर्गसँग पुन: रिप्ले खेल खेल्नु पर्ने भएको छ ।
यस्तै सेफिल्ड युनाइटेडले एएफसी फ्लेडलाई २-१ ले हराएर चौंथो चरणमा प्रवेश गर्दा क्रिस्टल प्यालेस डर्बी काउन्टीसँग १-० ले पराजित भएको छ ।
