काठमाडौं । त्रिवेणी सेकेण्डरी स्कुल र ज्वालामुखीले क्विक्स कप अन्तर स्कुल फुटबल अन्तर्गत गर्ल्समा विजय सुरुवात गरेको छ ।
एन्फा कम्प्लेक्स सातदोबाटोमा आइतबार भएको पहिलो खेलमा त्रिवेणीले नेपालयलाई ५-१ गोल अन्तरले पराजित गर्यो ।
त्रिवेणीको जितमा त्रिजा तामाङले ह्याट्रिक गरिन् । निशा थुलुङ र साजना राईले एक एक गोल गरिन् । नेपालयकी जानकी लामिछानेले एक गोल फर्काईन् ।
अर्को खेलमा ज्वालामुखीले छहारी शिक्षा सदनलाई २-० ले हराएको छ ।
ज्वालामुखीको जितमा कृतिका राई र सबिना लिम्बुले एक एक गोल गरिन् ।
त्यस्तै अर्को खेलमा दुर्गा सेकेण्डरीले मंगलदीप बोर्डिङ स्कुललाई २१ -० ले हराएको छ ।
प्रतियोगितामा १२ स्कुलको सहभागिता रहेको छ ।