एजेन्सी । म्यानचेस्टर युनाइटेडले एफए कप फुटबलको तेस्रो चरणमा वुल्भ्ससँग बराबरी खेलेको छ ।
वुल्भ्सको मैदानमा शनिबार राति युनाइटेडले घरेलु टिमसँग गोलरहित बराबरी खेलेको हो । यो बराबरीसँगै चौंथो चरण प्रवेशका लागि दुवै टोलीले पुन: खेल्नु पर्ने भएको छ ।
एफए कपको नियम अनुसार खेल बराबरीमा सकिए दुई टोलीबीच रिप्ले खेल हुनेछ ।
प्रतिस्पर्धात्मक बनेको खेलमा दुवै टोलीले पाएको मौकाको सदुपयोग गर्न नसक्दा बराबरी खेलेका हुन् ।
अब दुई टोलीबीचको रिप्ले खेल युनाइटेडको मैदानमा हुनेछ । खेलको मिति तय भएको छैन ।
लेष्टर सिटी भने एफए कपको चौंथो चरणमा प्रवेश गरेको छ ।
विगन एट्लेटिकलाई २-० गोल अन्तरले पराजित गर्दै लेष्टर चौंथो चरणमा प्रवेश गरेको हो ।
साउथह्याम्पटन पनि हडर्सफिल्ड टाउनलाई २-० ले हराएर चौंथो चरणमा प्रवेश गरेको छ ।
