एजेन्सी । म्यान्चेष्टर सिटी एफए कपको चौथो चरणमा प्रवेश गरेको छ । शनिबार राति भएको खेलमा सिटीले ईङ्ल्याण्डको चौथो डिभिजनको क्लब पोर्ट भेललाई ४–१ गोल अन्तरले हराएको हो ।
फिल फोडिनले एक गोल गर्दै थप एक गोलको अवसर सिर्जना गरेपछि सिटीले सहज जित निकालेको हो ।
सिटीले गत सिजन चारैवटा घरेलु ट्रफी जितेको थियो ।
अलेक्सान्डर जिन्चोन्कोले २० औ मिनेटमा सिटीलाई अग्रता दिलाएका थिए ।
तर ३५ औ मिनेटमा टोम पोपीले गोल गर्दै खेल बराबरीमा ल्याए । ईतिहाद स्टेडियममा रहेका करिब ८ हजार दर्शकले पोपीको गोलमा खुसीयाली मनाएका थिए ।
तर पाहुना टोलीको खुसीयाली धेरै बेर टिक्न सकेन ।
घरेलु टोलीका फरवार्ड सर्जियो अग्युरोले ४२ औ मिनेटमा गोल गर्दै सिटीलाई पुन अग्रता दिलाउन सफल रहे ।
टेलर हारवुडले ५८ औ मिनेटमा सिटीलाई ३–१ ले अघि बढाए ।
फोडिनले ७६ औ मिनेटमा गोल गर्दै सिटीलाई फराकिलो जित दिलाए । उनी सिटीका एकेडेमीका खेलाडी समेत हुन् ।
सिटीले अब कारबाओ कपको सेमिफाईनलको पहिलो लेगमा मंगलबार म्यान्चेष्टर युनाईटेडसंग ओल्ड ट्राफोर्डमा खेल्नेछ । सोही दिन भेलले सालफोर्ड सिटीसंग ईपीएल ट्रफीको लागि खेल्नेछ ।