एजेन्सी । स्पेनिस ला लिगा फुटबलमा भालेन्सियाले साँघुरो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा भालेन्सियाले १० खेलाडीमा सिमित इबरलाई १-० गोल अन्तरले हराएको हो ।
घरेलु मैदानमा भएको खेलमा भालेन्सियालाई जित दिलाउन म्याक्सी गोमेजले निर्णायक गोल गरे । उनले खेलको २७ औं मिनेटमा गोल गरेका थिए ।
यस्तै खेलको ९० औं मिनेटमा पाउल ओलिभिराले दोहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदा इबर १० खेलाडीमा समेटिएको थियो ।
जितसँगै भालेन्सिया लिगको सातौँ स्थानमा उक्लिएको छ । भालेन्सियाले १९ खेलबाट ३१ अंक जोडेको छ । १९ अंक जोडेको इबर १६ औं स्थानमा रहेको छ ।
