एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा लिग लिडर लिभरपुलले साँघुरो जित निकालेको छ ।
आइतबार राति भएको खेलमा लिभरपुलले वुल्भ्सलाई १-० गोल अन्तरले पराजित गरेको हो ।
घरेलु मैदानमा लिभरपुललाई जित दिलाउन साडियो मानेले निर्णायक गोल गरे । उनले खेलको ४२ औं मिनेटमा निर्णायक गोल गरे ।
जितसँगै लिभरपुलले लिगमा अपराजित यात्रा कायम राखेको छ । यस्तै लिभरपुलले लिगमा शीर्ष स्थानको अग्रता १३ अंकको बनाएको छ ।

लिभरपुलले १९ खेलमा ५५ अंक जोडेको छ । लिभरपुलले म्यानचेस्टर युनाइटेडसँग बराबरी खेल्दा अन्य सबै खेल जितेको छ ।
दोस्रो स्थानको लेष्टर सिटीको ४२ अंक रहेको छ ।
पराजित वुल्भ्स ३० अंक जोडेर लिगको आठौं स्थानमा रहेको छ ।
