एजेन्सी । क्रिस्टियानो रोनाल्डोले खेलाडी जिवनको अन्त्यसंगै प्रशिक्षक बन्ने रुची नभएको बताएका छन् ।
पोर्चुगलका सुपरस्टार रोनाल्डोले सन्यासपछि आफु प्रशिक्षक बन्ने ईच्छा नभएको बताएका हुन् । उनले प्रशिक्षक बन्न सक्ने बिषयलाई पुर्ण रुपमा नकारेका भने छैनन् ।
३४ बर्षका रोनाल्डो अझै उत्कृष्ट फर्ममा छन् । उनले युभेन्ट्सका लागि यस सिजन २१ खेलमा १२ गोल गरिसकेका छन् ।
पाँच पटकका बालोन डी'ओर विजेताले रोनाल्डोले सन्यासपछि आफुले केही नसोचेको बताएका छन् ।
म्यान्चेष्टर युनाईटेड र रियल मड्रिडका पुर्व स्टारले आफु व्यवस्थापनमा जाने बिषय नसोचेको बताए ।
‘अहिलेको अवस्थामा प्रशिक्षक बन्ने रुची छैन । यदी एक दिन म दिक्क भए भने मन पनि पर्न सक्छ ।’ उनले भनेका छन् ।
‘यदी प्रशिक्षक बनेमा म उत्प्रेरक बन्नेछु । प्रशिक्षकले प्रतिभा र कामको भोगलाई पार गरेको हुनुपर्छ ।’ रोनाल्डोले भनेका छन् ।
पोर्चुगलका कप्तानले युभेन्ट्समा आफु खुसी रहेको बताएका छन् ।
‘ईटालीको संस्कृति राम्रो छ । युभेन्ट्स ईटालीको उत्कृष्ट क्लब हो । उनीहरुसंग धेरै कथाहरु छन् । म यहाँ निकै खुसी छु । यही धेरै उपाधि जित्न चाहन्छु ।’ उनले भनेका छन् ।