• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
थ्री स्टारलाई दोस्रो स्थानमा उक्लिने मौका
खेलपाटी संवाददाता
शनिबार, पुस १२, २०७६ खेलपाटी संवाददाता
थ्री स्टारलाई दोस्रो स्थानमा उक्लिने मौका

काठमाडौं । गत सिजन तेस्रो भएको थ्रीस्टार र पाचौं भएको एपीएफ क्लबले चालू लिगमा खासै उत्कृष्ट खेल प्रदर्शन गर्न सकेका छैनन् ।

नतिजा पनि सोहि अनुसारको छ । एक प्रकारले दुबै टिम खराब समयबाट गुज्रिरहेका छन् ।

दुवै टिम सहिद स्मारक ए डिभिजन लिगमा शनिबार प्रतिस्पर्धा गर्दैछन् ।

अखिल नेपाल फुटबल संघ एन्फाका अनुसार शनिबार दशरथ रंगशालामा एक मात्रै खेल हुनेछ ।

खेल दिउँसो तीन बजे सुरु हुनेछ ।

दुबै टिम स्पष्ट तीन अंक हात पार्ने लक्ष्य सहित मैदान उत्रदैछन् ।

गत सिजन तेस्रो भएको थ्रीस्टारले चालू सिजनमा एक जित र एक बराबरीको नतिजा निकालेको छ ।

एपीएफ भने एक बराबर र एकमा हार ब्यहोरेको छ ।

थ्रीस्टारले नयाँ सिजनमा राष्ट्रिय टिमका केही महत्वपुर्ण सदस्यलाई क्लबमा राख्न सकेन । त्यसैले लिगमा थ्री स्टारको प्रभाव देखिने नतिजा आउन सकेको छैन ।

राष्ट्रिय टिमका सदस्य समेत रहेका मिडफिल्डर सुनिल बल, डिफेन्डर रन्जित धिमाल लगायत गोलरक्षक एलन न्यौपाने, अभिषेक बराल, बुद्धराज चेम्जोङ, विजय धिमाल र रेजिन सुब्बाले टिम छाड्न पुगे ।

थ्री स्टारसँग अहिले राष्ट्रिय टिमका तीन खेलाडीमात्रै छन् । कप्तान विक्रम लामा, डिफेन्डर अनन्त तामाङ र मिडफिल्डर मिक्छेन तामाङ मात्रै राष्ट्रिय टिमका सदस्य हुन् ।

तीन विदेशी खेलाडी टिममा राखेको थ्री स्टारसंग अनुभवी खेलाडीको रुपमा रुपेश केसी मात्रै छन् ।

बाँकी सबै नयाँ अनुहार छन् ।

त्यसैले पनि लिगमा थ्री स्टारले अपेक्षाकृत प्रर्दशन दिन सकेको छैन ।

पहिलो खेलमै जावलाखेलसँग गोलरहित बराबरीमा रोकिएको थ्री स्टारले दोस्रो खेलमा पुलिस क्लबमाथि १–० को कठिन जित निकालेको थियो ।

लिगको तेस्रो खेलमा विभागीय टिम एपीएफसंग खेल्न लागेको छ ।

थ्री स्टारका मुख्य प्रशिक्षक मेघराज केसी एपीएफविरुद्व जित निकाल्न टिम तयार रहेको बताउँछन् ।

‘तयारी ठिक छ । एपीएफसँग जित्ने लक्ष्यसहित मैदान उत्रन्छौं ।’ उनी भन्छन् ।

केसीले एपीएफ राम्रो टिम रहेको उल्लेख गर्दै राम्रो पोजिसन बनाउँदै मेहनत गरेर जित हात पार्ने बताउँछन् ।

‘एपीएफ बलियो टिम छ । राम्रो पोजिसन राखेर मेहनत गर्याै भने नतिजा हात पर्छ ।’ उनी भन्छन् ।

दुई पहेलो कार्ड ब्यहोरेका थ्री स्टारका रुपेश केसी एपीएफबिरुद्ध उपलब्ध हुने छैनन् । गत सिजन थ्री स्टारले एपीएफलाई २–० ले हराएको थियो ।

त्यस्तै, विभागीय टिम एपीएफका प्रशिक्षक राजेन्द्र तामाङ थ्री स्टारविरुद्ध जित निकाल्न चाहन्छन् ।

यसअघि मनाङसँग हार ब्यहोरेको एपीएफले हिमालयन शेर्पासँग एक एक गोलको बराबरी खेलेको थियो । त्यसैले थ्री स्टारविरुद्व जित निकाल्दै एपीएफ लिगमा पहिलो जित दर्ता गर्न चाहन्छ ।

‘थ्रीस्टार बलियो टिम हो । राष्ट्रिय टिमका खेलाडी छन् । विदेशी खेलाडी पनि राम्रा छन् । तरपनि जितको लागि नै खेल्छौं ।’ उनी भन्छन् ।

गत सिजन पनि टिम हेरेका तामाङ थ्री स्टारले पछिल्लो समय सुधारिएको प्रर्दशन गरेका कारण सजक भएर खेल्ने बताउँछन् ।

‘थ्री स्टारले पुलिसविरुद्ध राम्रो खेल्यो । सजक भएर ९० मिनेटनै खेल्छौं । थ्री स्टारविरुद्व अंक गुमाउन चाहन्नौं ।’ उनी भन्छन् ।

एपीएफविरुद्ध जित निकाल्न सफल भएमा थ्री स्टार लिगको दोस्रो स्थानमा उक्लने छ ।

umbro
प्रतिक्रिया दिनुहोस्
थप समाचार
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालले खायो तेस्रो गोल
नेपालले खायो तेस्रो गोल
umbro nepal
  • ताजा समाचार
  • खेल आज
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
रोनाल्डोका छोराले गरे अन्तर्राष्ट्रिय डेब्यु
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
मेसीले आफ्नो सबैभन्दा मनपर्ने गोलको भिडियो अक्सनमा राख्ने
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
एलएक्स राजारानी गोल्डकपको सेमिफाइनलमा
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
फाइनल प्रवेश गर्न नेपालले बंगलादेशसँग खेल्ने
नेपालमाथि भारतको कीर्तिमानी जित
नेपालमाथि भारतको कीर्तिमानी जित
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रकाशन कखरा पब्लिकेशन प्रा.लि.
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना आयुष अमन साह
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP