एजेन्सी । म्यानचेस्टर सिटीका मुख्य प्रशिक्षक पेप ग्वार्डीओलाले प्रिमियर लिगको उपाधि होड सकिएको बताएका छन् ।
शुक्रबार राति भएको खेलमा वुल्भ्ससँग ३-२ गोल अन्तरले पराजित भएपछि प्रशिक्षक ग्वार्डीओलाले क्लबको उपाधि जित्ने सम्भावना समाप्त भएको बताएका हुन् ।
'हामीलाई थाहा छ कि उपाधि जित्ने काम धेरै जटिल छ,' ग्वार्डीओलाले, 'म असम्भव त भन्दिन तर निकै कठिन छ ।'
वुल्भ्ससँग पराजित भएसँगै सिटी लिग लिडर लिभरपुल भन्दा १४ अंकले पछि परेको छ । सिटीको ३८ अंक रहदा लिभरपुलको ५२ अंक रहेको छ । यस्तै लेष्टर भन्दा १ अंकले पछि रहेको छ ।
यस्तै प्रशिक्षक ग्वार्डीओलाले टिमलाई दोस्रो स्थानमा रहने मौका रहेको तर टिमको अवस्थाले कठिन बनाएको बताए ।
'लिभरपुलको बारेमा सोच्नु अव्यवहारिक हुनेछ । हामी लेष्टरबारे सोच्छौं,' ग्वार्डीओला थपे, 'हामीसँग दोस्रो स्थानमा फर्कने मौका छ । मलाई मेरो टोलीको गुणस्तर थाहा छ तर यो अवस्था छ ।'