एजेन्सी । इन्ग्लिश प्रिमियर लिग फुटबलमा आज राति साविक विजेता म्यानचेस्टर सिटीले वुल्भ्ससँग प्रतिस्पर्धा गर्दैछ ।
वुल्भ्सको मैदानमा हुने खेल नेपाली समय अनुसार राति १:३० बजे सुरु हुनेछ ।
वुल्भ्सविरुद्ध मैदान उत्रदा सिटी सहज जितको खोजीमा हुनेछ । तर, अप्रत्यासित नतिजा निकाल्दै आएको घरेलु टिमविरुद्ध सिटी शतर्क हुनेछ ।
सिटी वुल्भ्सलाई हराउदै लिगको दोस्रो स्थानमा उक्लन चाहन्छ ।
यस्तै सिटीलाई उपाधि होड कायम राख्न जित्नै पर्नेछ । किनकी सिटी शीर्ष स्थानको लिभरपुलविरुद्ध १४ अंकले पछि परिसकेको छ ।
तेस्रो स्थानको सिटीले १८ खेलमा ३८ अंक जोडेको छ । लिभरपुलको ५२ अंक रहेको छ ।
वुल्भ्स पनि सिटीलाई हराउँदै लिगको शीर्ष पाँचमा उक्लन चाहन्छ । वुल्भ्स २७ अंक जोडेर आठौं स्थानमा रहेको छ ।