• फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
Khelpati
ktm cty
Khelpati
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
    • दौड
    • म्याराथन
    • हाईजम्प
    • त्रिपलजम्प
    • हर्डल्स
    • शटपुट
  • मार्शल आर्ट
    • तेक्वान्दो
    • कराते
    • बक्सिङ
    • जुडो
    • उसु
    • फेन्सिङ
    • कुस्ती
    • किक बक्सिङ
    • मुवा थाई
    • मार्सल आर्ट
    • कुम्फु
  • नेट गेम्स
    • बास्केटबल
    • टेबल टेनिस
    • हयाण्डबल
    • ब्याडमिन्टन
    • लन टेनिस
    • स्क्वास
    • सेपाकताक्रो
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
    • 'ए' डिभिजन लिग
    • SAFF Championship 2023
    • FIFA Women's World Cup 2023
    • A Division League
    • 8th national games
    • ICC Cricket World Cup 2019
    • A DIVISION LEAGUE - 2021-22
    • एसियन गेम्स २०२३
  • नवौं राष्ट्रिय खेलकुद
खोज्नुहोस्
फुटबल
  • गृहपृष्ठ
  • फुटबल
पुलिसको पहिलो जित, सरस्वतीको तेस्रो हार सुमन र भोलाको गोलमा पुलिसको पहिलो जित
नमीन ढकाल
शुक्रबार, पुस ११, २०७६ नमीन ढकाल
पुलिसको पहिलो जित, सरस्वतीको तेस्रो हार

काठमाडौं । नेपाल पुलिस क्लबले सहिद स्मारक 'ए' डिभिजन लिग फुटबलमा पहिलो जित निकालेको छ ।

शुक्रबार भएको खेलमा सरस्वती युथ क्लबलाई २-० गोल अन्तरले पराजित गर्दै पुलिसले पहिलो जित निकालेको हो ।

त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा १० खेलाडीमा सिमित पुलिसलाई जित दिलाउन सुमन लामा र भोला सिलवालले एक एक गोल गरे ।

पहिलो हाफको इन्जुरी समयमा अन्जन राई दाहोरो पहेलो कार्डसहित रातो कार्ड पाउँदै मैदानबाट बाहिरिदा पुलिस १० खेलाडीमा सिमित भएको थियो ।

पहिलो हाफमा सरस्वतीसँग गोलरहित बराबरी खेलेको पुलिसले दोस्रो हाफमा दुई गोल गर्यो । 

खेलको ४६ औं मिनेटमा सुमनले गोल गर्दै पुलिसलाई १-० को अग्रता दिलाए । त्यसपछि खेलको ७९ औं मिनेटमा भोलाले गोल गर्दै पुलिसलाई २-० को जित दिलाए । 

त्यसअघि पहिलो हाफमा राजकुमार घिसिङले डिबक्सको ठिक बाहिरबाट प्रहार गरेको फ्रिकिक क्रस बारमा लाग्दा सरस्वतीले अग्रता बनाउने मौका गुमाएको थियो ।

खेलमा पुलिसका सुमन लामा म्यान अफ दि म्याच चुनिए ।

जितसँगै पुलिसले ३ खेलमा ४ अंक जोडेको छ । पुलिस लिगको सातौं स्थानमा रहेको छ । 

पुलिस पहिलो खेलमा हिमालयन शेर्पा क्लबसँग गोलरहित बराबरीमा रोकिएको थियो । दोस्रो खेलमा थ्रीस्टार क्लबसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

सरस्वतीको यो लगातार तेस्रो हार हो ।  पहिलो खेलमा सरस्वती एनआरटीसँग ४–० र दोस्रो खेलमा जावलाखेल युथसँग १–० गोल अन्तरले पराजित भएको थियो ।

अंक विहीन सरस्वती लिगको पुछारमा रहेको छ ।

फर्किए रविन

पुलिसका डिफेन्डर रविन श्रेष्ठले सरस्वतीविरुद्धको खेलबाट पुनरागमन गरेका छन् ।

रविन पुलिसको कप्तानी गर्दै लामो समयपछि मैदानमा फर्किएका हुन् ।

दायाँ खुट्टाको लिगामेन्ट गएपछि मैदान बाहिर रहदै आएका रविन चोटमुक्त हुँदै करिब डेढ वर्षपछि मैदान फर्किएका हुन् ।

रविन फर्किएको खेलमै पुलिसले जित समेत हात पार्यो ।

लामो समय पछि मैदान फर्कन पाउँदा रविन खुसी देखिए ।

'मैदान फर्कन पाउँदा खुसी लागेको छ । खेल राम्रो भयो । चाहिएको अंक हामीले पायौं,' रविनले भने ।

के भन्छन् प्रशिक्षक ?

पुलिसका प्रशिक्षक अनन्त थापाले काउन्टर खेल खेल्दा जित निस्किएको बताए ।

'तीन अंक पायौं । काउन्टर खेल खेल्दा सहज भयो,' उनले भने, 'पहिलो हाफमा रेड कार्ड खादा केहि असर गर्यो ।'

सरस्वतीका प्रशिक्षक प्रदीप नेपालले डिफेन्सको कमजोरीले हार्न पुगेको बताए ।

'खेल राम्रो भयो । डिफेन्सको गल्तिले गोल खायौं,' उनले भने, 'सुरुमै बल पोस्टमा लाग्नु दुर्भाग्य भयो । मुख्य डिफेन्सले गर्दा हार्यौ ।'

पुलिस प्लेईङ सेट -

अजित भण्डारी, अन्जन राई,हेम तामाङ,निर कुमार राई,रबी पासवान,शत्रुधन चौधरी,सुमन लामा,तेज तामाङ,प्रवेश कुँवर,सौजन राई, रविन श्रेष्ठ (कप्तान)

सरस्वती प्लेईङ सेट -

राज शाही,दिपेश श्रेष्ठ,प्रदीप भण्डारी, सुशन लामा,रमेश तामाङ,दिनेश केसी,मनिष थापा,राज कुमार घिसिङ,दिपक भुसाल,पूर्ण बहादुर श्रेष्ठ, एमबेइ आन्द्रे 

NEW BALANCE
प्रतिक्रिया दिनुहोस्
थप समाचार
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
एपिएफले एएफसी महिला च्याम्पियन्स लिग खेल्ने
भुटानी लिगमा सन्तोष
भुटानी लिगमा सन्तोष
सिटीको जर्सीमा फोडेनको १०० गोल
सिटीको जर्सीमा फोडेनको १०० गोल
NEW BALANCE
  • ताजा समाचार
  • खेल आज
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
अवैधानिक ओलम्पिकको पछि नलाग्न आग्रह
चेल्सीबाट आर्सनल पुगे केपा
चेल्सीबाट आर्सनल पुगे केपा
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
क्यान्सर पीडित पेलेलाई आर्थिक सहयोग प्रदान
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
एमबाप्पेले युभेन्टसविरुद्ध डेब्यू गर्न सक्ने सम्भावना
शिवाली टेनिस टु युरोपमा
शिवाली टेनिस टु युरोपमा
हट–शटहट–शट
जयरानी थारु एथलेटिक्स खेलाडी जयरानी थारु Weight kg Height ft Birthday Oct 24
  • गृहपृष्ठ
  • फुटबल
  • क्रिकेट
  • भलिबल
  • ट्रयाक एण्ड फिल्ड
  • मार्शल आर्ट
  • नेट गेम्स
  • खेल संस्था
  • अन्य
  • कर्पोरेट
  • विशेष कभरेज
सम्पर्क ठेगाना

कखरा पब्लिकेशन प्रा.लि

माइतीघर मण्डला, काठमाडौं

सूचना विभाग दर्ता न: १०१२/०७५-७६

समाचारको लागि:- 9851010077
[email protected]
[email protected]

विज्ञापनको लागि:- 9851085203
[email protected]

हाम्रो टीम
प्रबन्ध सम्पादक हिम बिक्रम केसी
प्रधान सम्पादक राजु घिसिङ
प्रमुख कार्यकारी अधिकृत सजिव भट्टराई
मल्टिमिडिया प्रमुख इलिट जोशी
संवाददाता उज्वल तिमल्सिना सन्ध्या ढुंगाना
प्रदेश संयोजक हिमालयन मनोज नमिन ढकाल
साग गेम्स
सोसल मिडिया
Like us on Facebook Follow us on Twitter Subscribe YouTube Channel
© 2025 खेलपाटी मिडिया प्रा.लि. All rights reserved. Site by: SoftNEP