एजेन्सी । ईङ्लिस प्रिमियर लिग फुटबलमा लिभरपुलले लेस्टर सिटीलाई हराएको छ ।
बिहिबार भएको खेलमा लिभरपुलले लेस्टर सिटीलाई ४–० गोल अन्तरले हराएको हो ।
लेस्टरमाथि जित हात पार्दै लिभरपुलले लिग तालिकामा १३ अंकको अग्रता लिएको छ ।
लिभरपुललाई जित दिलाउन रोबर्टो फिर्मिन्होले दुई, जेम्स मिल्नर र अलेक्जेन्डर अर्नोल्डले एक-एक गोल गरे ।
शीर्ष स्थानको लिभरपुलको ५२ अंक भएको छ । लेस्टरको ३९ अंक छ ।
लेस्टरको घरेलु मैदानमा फराकिलो जित निकाल्दै लिभरपुलले लिगको उपाधि होडमा आफुलाई बलियो बनाएको छ ।
खेलमा अग्रता लिभरपुलले ३१ औ मिनेटमा फिर्मिन्होको गोलबाट लिएको थियो ।
लिभरपुललाई क्लब विश्वकपको उपाधि जिताउन महत्वपुर्ण भूमिका खेलेका फिर्मिन्होले पुन एक पटक लिभरपुलका लागि उत्कृष्ट प्रर्दशन गरे ।
दोस्रो हाफमा ८ मिनेटको अन्तरमा ३ गोल गर्दै लिभरपुलले घरेलु टोलीमाथि एकपक्षिय नतिजा निकाल्यो ।
मिल्नरले ७१ औं मिनेटमा पेनाल्टीमा गोल गर्दै लिभरपुलको अग्रता दोब्बर बनाए । फिर्मिन्होले ७४ औं मिनेटमा व्यक्तिगत दोस्रो गोल गर्दै लिभरपुललाई ३–० ले अघि बढाए ।
अर्नोल्डले ७८ औं मिनेटमा गोल गर्दै लिभरपुललाई फराकिलो जित दिलाए ।
लिभरपुलले प्रियिमर लिगका १८ खेलमा मात्र दुई अंक गुमाएको छ । र गत सिजनमा मात्र एक खेल गुमाएको थियो ।